पर्याप्त छैनन् ईभीका प्राविधिक जनशक्ति, ‘३९० घण्टे’ तालिमले राहत दिने अपेक्षा

spot_img
spot_img

नेपालमा विद्युतीय सवारी साधन (ईभी)को खपत बढिरहेको छ । निजी सवारीतर्फ ईभीले उल्लेख्य हिस्सा ओगटीसकेको छ भने सार्वजनिक सवारी र साना ढुवानीका साधनमा पनि ईभीको प्रयोग बढ्न थालेको छ । तर, ईभी मर्मत–सम्भार गर्न सक्ने जनशक्तिको उत्पादन भने अझैपनि कमजोर रहेको चर्चा हुने गरेको छ ।

विद्युतीय सवारी साधनको मर्मत–सम्भार गर्ने प्राविधिक उत्पादन गर्न सरकार र निजी क्षेत्रबाट समान्य प्रयास बाहेक ठोस कदम नचालिएको अटोमोबाइल्स क्षेत्रका जानकारहरुको बुझाइ छ । सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेटबाटै ईभीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको भएपनि दक्ष जनशक्ति उत्पादनको विषय भने सँगसँगै अघि बढ्न नसकेको सरकारी पक्ष र व्यवसायी दूबै स्वीकार गर्छन् ।

प्रयास जारी छ, तर पर्याप्त छैनः नाडा
अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले विद्युतीय सवारी साधनको बिक्री बढेसँगै आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादनका लागि आफूहरुले प्रयास जारी राखेको बताएका छन् । उनका अनुसार नाडाले बुटवल, हेटौँडा र काठमाडौँमा ‘ईभी टेक्निसियन’ उत्पादनका लागि तालिम कार्यक्रम पनि चलाएको थियो । देशब्यापी बनाउने उदेश्य लिइएको यो कार्यक्रम अहिले पनि स्थगित भएको छ ।

साथै, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)सँग मिलेर ‘ईभी टेक्निसियन’ उत्पादनका लागि आवश्यक पाठ्यक्रम नै तयार पारिएको अध्यक्ष उप्रेतीको भनाइ छ । ‘हामीले सीटीईभीटी र एनएभीटीसँग मिलेर करिकुलम डेभलप गरेका छौँ, अहिले आवश्यकता अनुसार त्यो कोर्सको पढाई पनि भइरहेको छ’ उनले भने, ‘यति मात्रै पर्याप्त त हुँदैन । तर, विद्युतीय सवारी साधनको बिक्री सँगसँगै जनशक्ति उत्पादनमा पनि नाडाले काम गरिरहेको छ । यसका लागि सरकारी निकायसँग पनि सहकार्य गर्दै जानेछौँ ।’

ईभीका प्राविधिक कम छन्, यो सत्य होः सीटीईभीटी
सीटीईभीटीले २०८१ सालमा ‘ईभी टेक्निसियन’ भनेर एउटा पाठ्यक्रम तयार पारेको छ । नाडा लगायतका ‘प्रोफेशनल एसोसियशन’हरुसँग विभिन्न चरणमा छलफल गरेर तयार पारिएको उक्त कोर्स ३९० घण्टाको रहेको सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारी बताउँछन् । उनका अनुसार यो पाठ्यक्रम अहिले देशभरका विभिन्न शिक्षालयहरुले पढाउँदै आएका छन् । जहाँबाट ईभी प्राविधिकहरुको उत्पादन भइरहेको छ ।

अधिकारीका अनुसार सीटीईभीटीबाट सम्बन्धन लिएका अटोमोबाइल्स सम्बन्धि प्राविधिक शिक्षालयहरु जम्मा १८ वटा छन् । यीमध्ये ११ वटा डिप्लोमा इन अटोमोबाइल्स इन्जिनियरिङ र ७ वटा प्रि–डिप्लोमा इन अटोमोबाइल्स इन्जिनियरिङ पढाउने शिक्षालय छन् । ‘पूर्वाधारका हिसाबले यी शिक्षालयमा ईभी टेक्निसियन कोर्स सिकाउन सम्भव छ, तर सबैले पढाउनैपर्छ भन्ने हुँदैन’ उनी भन्छन्, ‘स्थानीय माग र आवश्यकता अनुसार सम्बन्धित शिक्षालयले तालिम कार्यक्रम चलाउँछन् ।’

उनका अनुसार २ वर्ष अघिबाट मात्रै छाटो अवधिको सीपमूलक तालिकमा रुपमा उक्त पाठ्क्रम तर्जुमा भएकाले पर्याप्त जनशक्ति उत्पादनका लागि अझै समय लाग्नेछ । तर, नाडा जस्ता अटोमोबाइल्स क्षेत्रसँग सम्बन्धित संस्था र संगठनले तालिम कार्यक्रम चलाउन चाहेमा सीटीईभीटीले सहयोग गर्ने उनको भनाइ छ । ‘ईभी बढेका छन् तर तिनको मर्मत सम्भार गर्न सक्ने प्राविधिक जनशक्ति कम छन्, यो सत्य हो’ अधिकारी भन्छन्, ‘यद्यपी, अहिले कोर्स तयार भएपछि क्रमशः तालिम सञ्चालन हुन थालेको छ ।’

उनका अनुसार सरकारले छाटो अवधिको सीपमूलक तालिम सञ्चालनका लागि भनेर सीटीईभीटीलाई प्रदान गर्ने निश्चित बजेटमध्ये केही बजेट छुट्याएर अहिले यो कोर्स चलाइएको छ । भविष्यमा क्रमशः विस्तार गर्दै लैजाने योजना रहेको उनको भनाइ छ । ‘अहिले नै यति जना प्राविधिक उत्पादन भइसके भनेर भन्न सकिने अवस्था त छैन, तर क्रमशः विस्तार गर्दै लैजानुपर्ने आवश्यकता चाहिँ छ’ अधिकारीले थपे, ‘तालिम लिन इच्छुक व्यक्तिहरु बढेको अवस्थामा कोर्स लागू गर्ने शिक्षालयहरु पनि बढ्दै जान्छन् ।’

अहिले सिटीईभीटीको ३९० घण्टा अवधिको तालिम लिने जनशक्तिहरु विभिन्न कम्पनीका सर्भिस सेन्टरमा खपत भइरहेका छन् । यो भन्दा अगाडि गाडी आयात गर्ने कम्पनीले सम्बन्धित देशबाटै प्राविधिक झिकाएर निश्चित अवधि राखेर नेपालीहरुलाई सिकाउन लगाउँथे भने अहिले स्वदेशमै ईभी टेक्निसियन तालिम लिएका जनशक्तिहरु राख्न थालेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आज `सेल ब्रोडकास्टिङ´ प्रणाली परीक्षण गरिँदै, सबैको मोबाइलमा एकैपटक विपद्को पूर्वसूचना

विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने...

विद्युत प्राधिकरणले भारततर्फ ११९८ मेगावाट विद्युत निर्यात गर्न पायो अनुमति

नेपाल विद्युत प्राधिकरणले द्धिपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत निर्यातका...

२० वटा इन्टरनेट सेवा प्रदायकले नवीकरण गरेनन् लाईसेन्स, ९ वटाले बक्यौता तिर्न बाँकी

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो...

१० करोड लगानीमा बागलुङमा खुल्यो ‘होटल आँगन’

धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको...

आशुतोष इनर्जीले मङ्सिर १४ गतेदेखि आईपीओ निष्काशन गर्ने

आशुतोष इनर्जी लिमिटेडले मङ्सिर १४ गतेदेखि पहिलो चरणको आईपीओ...

अहिलेनै छ हाइड्रोको आईपीओमा ५० प्रतिशत प्रगतिको व्यवस्था, तर किन भइरहेको छ विरोध?

सरकारले कम्तिमा ५० प्रतिशत भौतिक प्रगति हासिल गरेका जलविद्युत्...