आज शुक्रबार पनि सुनको भाउमा भारी गिरावट आएको छ । बिहिबार प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १२ हजार २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १० हजार ३ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २२५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १ सय १० रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ६ सय ६६ रुपैयाँ ५० पैसा तोकिएको छ ।










