Friday, November 14, 2025
spot_img

बज्र इनर्जी भेन्चर्सले बनाउने २४.८ मेगावाटको बज्र मादी आयोजनालाई जुट्यो लगानी

spot_img

कास्की जिल्लाको मादी नदीमा बन्न लागेको २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ । प्रबर्दक कम्पनी बज्र इनर्जी भेन्चर्स प्रालिले बनाउने यो आयोजनामा एनएमबी बैंक र कृषि विकास बैंकले लगानी गर्ने भएका हुन् ।

आयोजनाको कुल लागत ५ सय ३५ करोड अनुमान गरिएको छ। आयोजनाको लागि आवश्यक पर्ने ३७४.५ करोड परियोजना ऋण मध्ये लिड बैंक एनएमबि बैंक लिमिटेडबाट रू २५० करोड र कृषि विकास बैंक लिमिटेडबाट रू १२४.५ करोड व्यवस्थापन गरिएको छ। बाँकि १६०.५ करोड रकम मध्य सँस्थापक लगानीकर्ताहरूद्बारा ७०% स्वपूजी (Equity) र आईपिओ मार्फत ३०% जुटाउने योजना रहेको छ। आयोजनाको क्षमता बृद्दि गरि ३१ मेगावाट हुँदा आयोजनाको लागत ६ सय ३५ करोड अनुमान गरिएको छ।

यस अघि कास्कीको माछापुच्छ्रे स्थित सेति नदीमा सेति नदि जलबिद्युत आयोजना २५ मेगावाट सफलतापूर्वक सम्पन्न गरि अन्य थुप्रै व्यवसायमा सफलता हासिल गरिसकेका व्यवसायी जगत बहादुर पोखरेलको नेतृत्वमा बिभिन्न व्यवसायिक एवं सामाजिक क्षेत्रमा सफल व्यक्तिहरू यस आयोजनाको संस्थापक लगानीकर्ताको रूपमा आवद्ध छन् ।

प्रारम्भमा २४.८ मेगावाट क्षमताको ईजाजत पाएको यो आयोजना हाल ३१ मेगावाटमा स्तरोन्नति गर्नको लागि प्राविधिक अध्ययन सम्पन्न गरि लाईसेन्स अपग्रेडको लागि बिद्युत बिकास बिभागमा आवेदन गरिसकिएको र अनुमतिको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ। पर्यटकिय शहर पोखराबाट केवल २० किलोमिटरको दुरीमा रहेको र हेडवक्स देखी पावरहाउस सम्म बाटोको राम्रो पहुँच भएको बज्रमादी जलबिद्युत आयोजना सम्पन्न भएपछि यसले वार्षिक १४७.१२३ गीगावाट आवर ऊर्जा उत्पादन गर्नेछ भने क्षमता बृद्दि गरि ३१ मेगावाट बनाउदा बार्षिक १८३.११ गिगावाट आवर उर्जा उत्पादन हुनेछ।

हाल कायम भएको २४.८ मेगावाट क्षमताको ईजाजत पत्र अनुसार ३९३.६५ बर्ग किलोमिटर क्याचमेन्ट रहेको यस आयोजनाको लागि २४.५५ क्यूसेक डिजाईन डिस्चार्ज कायम गरिएको छ। मादी गाउपालिका वडा नं ४ स्थित हरियोस्वारा नजिक मादि नदिमा ४३ मिटर लामो ड्याम बनाएर पानी डाईभर्ट गर्दै १०० मिटर लामो डिसेन्डर हुदै ३.६*३.६ मिटर कन्क्रिट लाइनिङ र ४.२*४.२ मिटर सर्टक्रिट लाइनिङ भएको इनभर्टेड D आकारको सुरुङमा पठाईने छ। ४,५९३ मिटर लामो टनेल र ३२४ मिटर पेन स्टक पाइप हुदै १२५.५ मिटरको ग्रस हेड सहित आएको पानिलाई २ वटा फ्रान्सिस भर्टिकल टर्बाइन रहने पावर हाउसमा खसालिने छ जसबाट उत्पादन हुने बिद्युतलाई आयोजनाको स्विचयार्ड देखि लेखनाथ सबस्टेसनसम्म करिब ७.२ किमि लामो १३२ केभी सिंगल सर्किट ट्रान्समिसन लाइन मार्फत नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनमा जोडिने छ। आयोजनाको क्षमता बृद्धि गरि ३१ मेगावाट बनाउदा सुरुङ्गको लम्बाई ५.३५ किलोमिटर हुने र ग्रस हेड १५६ मिटर हुनेछ।

२०८० माघ २८ गते नेपाल बिद्युत प्राधिकरण र कम्पनी बिच खरिद बिक्री सम्झौता (PPA) सम्पन्न भएको आयोजनाको वातावरणीय प्रभाव अध्ययन (EIA) स्विकृत हुनुका साथै जेनेरेशन लाईसेन्स समेत प्राप्त भईसकेको छ। २०८५ साल कार्तिक १० गते व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति (RCOD) रहेको बज्रमादी जलबिद्युत आयोजनाको निर्माण अबधि ४२ महिना निर्धारण गरिएको छ। आयोजनाको प्राविधिक कन्सल्ट्यान्ट Clean Energy Consultant (CEC) लाई नियुक्त गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img