माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने सहमति जुटेको छ । विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलमा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले बनाएको उपसमितिमा एसईई नगर्ने सहमति जुटेको हो ।
हाल विद्यालय शिक्षामा आधारभूत र माध्यमिक गरी दुई तह छन् । यसमध्ये १ देखि ८ सम्मको परीक्षा स्थानीय तहले गर्ने र माध्यमिक तहको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्ने सहमति जुटेको हो ।
कक्षा १० मा हुँदै आएको एसईई नहुने भएपनि अब १२ कक्षाको परीक्षा विद्यालय तहको अन्तिम परीक्षा हुने भएको छ ।
त्यसैगरी जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नराख्ने पनि सहमति जुटेको छ । यस्तै, ईसीडीलाई २ वर्षको बनाउने पनि सहमति जुटेको छ ।
यद्यपी, उपसमितिमा भएका सहमति औपचारिक रुपमा सार्वजनिक भने भएको छैन ।