Monday, July 6, 2026
spot_img

निगमका अध्यक्ष विरुद्द अख्तियारमा उजुरीः नक्कली कागजात बनाएर इन्जिन मर्मतको ठेक्का दिएको आरोप

spot_img

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पदीय दुरुपयोग गर्दै निगमलाई आर्थिक नोक्सानी पुर्‍याएको लगायतका २३ वटा गम्भीर आरोप लगाउँदै उनी विरुद्द अख्तियारमा उजुरी परेको हो ।

उजुरीमा वाइडबडी जहाज मर्मतका लागि नक्कली कागजात बनाएर ठेक्का दिएको आरोप समेत लगाइएको छ । बिजनेश पानाले प्राप्त गरेको अधिकारी विरुद्दको उजुरीमा इटलीको एटिटेक कम्पनीलाई नक्कली कागजात पेश गर्न लगाएर निगमको वाइडबडी जहाज मर्मतको ठेक्का दिइएको गम्भीर आरोप लगाइएको छ ।

यतिसम्म की, पहिलोपटक आह्वान भएको ठेक्कामा आवेदन दिएको इटलीको एटिटेक कम्पनीले एफएए र इएएसए सर्टिफिकेट पेश गर्न सकेको थिएन । तर, अधिकारीले फेरि टेण्डर निकालेर नक्कली कागजात बनाउन लगाएर उसैलाई ठेक्का दिएको उजुरीमा जनाइएको छ । साथै, जहाज मर्मतका लागि ठेक्का दिँदा नेपाल नागरिक उड्डयन प्राधिकरणको सहमति लिनुपर्नेमा निगमका अध्यक्ष अधिकारीले नियामकको सहमति नै नलिई ठेक्का दिएका थिए । त्यसपछि प्राधिकरणले उनलाई निगमको अकाउन्टेवल म्यानेजर पदबाट हटाएको थियो ।

यस्तै, उजुरीमा पर्यटन मन्त्रालयले २०८१ साल असार १८ गते गठन गरेको त्रिरत्न मानन्धर नेतृत्वको छानबिन समितिले २०८१ साउन १ गते बुझाएको प्रतिवेदनले पनि अधिकारी अनियमिततामा संलग्न रहेको औल्याएको विषय उल्लेख गरिएको छ ।

यसैगरी, अध्यक्ष अधिकारीले करिब २ सय जनालाई करार र दैनिक ज्यालादारीमा नियुक्ति गरी निगमलाई मासिक ५ करोड रुपैयाँ घाटा पुर्‍याएको समेत उजुरीमा जनाइएको छ ।

साथै, निगमको नेपाल–अस्ट्रेलिया उडान निश्चितत नहुँदै आफू नजिककी कर्मचारी विपुला बरालनलाई एक महिनाभन्दा बढी समय अस्ट्रेलिया काजमा पठाएको र त्यसबापत पनि निगमलाई आर्थिक क्षति पुगेको उजुरीमा दाबी गरिएको छ ।

यसैगरी, अध्यक्ष अधिकारीले निगमको न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि इजरायल पठाएकोमा मर्मत सकिएको ८ महिना बितिसक्दा पनि स्थानीय एजेन्टसँग कमिशनको कुरा गरेर इन्जिन नल्याएको समेत जनाइएको छ । जसका कारण अहिले निगमको न्यारोबडी जहाज भाडामा लिएको इन्जिनमार्फत चलाउनु परिरहेको उजुरीमा उल्लेख छ ।

वायुसेवामा कार्यरत कर्मचारीहरुलाई विदेशस्थित कार्यालयमा पोष्टिङ गर्दा आर्थिक लाभ लिई पोष्टिङ गर्ने गरेको आरोप लाग्ने गरेको पनि उजुरीमा जनाइएको छ ।

यसैगरी, यूएई र साउथ कोरियाको जीएसए नवीकरणको लागि संचालक समितिले कार्यकारी अध्यक्षलाई अख्तियारी दिएको भएपनि हालसम्म कुनै पनि जीएसए नवीकरण नगरी आर्थिक चलखेल गरिरहेको समेत आरोप उजुरीमा लगाइएको छ ।

अधिकारी कार्यकारी अध्यक्ष नियुक्त भएपश्चात निगमलाई निजी सम्पत्ति जस्तो ठानी आफुखुसी, मनोमानी ढंगले कर्मचारीहरुको सरुवा, बढुवा, करार, दैनिक ज्यालादारी कर्मचारी नियुक्ती, विदेश पोष्टिङ, विदेश भ्रमण,साना जाहाज खरिद, इन्जिन भाडामा लिने जस्ता कार्यले वायुसेवाको खर्च बढेको, आय घटेको लगायतका विषयहरुको उच्च स्तरीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने माग समेत निवेदकको छ ।

अधिकारी कार्यकारी अध्यक्ष नियुक्त भएपश्चात हालसम्म करिव ४ वर्षको अवधिमा संचालक समितिको अनुमति नै नलिई ४० पटक भन्दा बढी विदेश भ्रमण गरी १ करोड भन्दा बढी रकम निगमलाई आर्थिक ब्ययभार पारेको पनि उजुरीमा जनाइएको छ ।

निवेदकका अनुसार अधिकारीले जेन जी आन्दोलन पश्चात आफूले निगममा नियुक्त गरेका करार र आफू अनुकुलका कर्मचारीलाई ‘निगम बचाउ जेन जेड’ समूह गठन गर्न लगाई अन्य कर्मचारीहरुलाई डरत्रास देखाइरहेका छन् ।

स्रोतका अनुसार असोज २९ गते अख्तियारमा दर्ता भएको उजुरीमा उनीविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान ऐन २०४८ बमोजिम कारबाही र सजायको माग गरिएको छ । उक्त उजुरीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढेको समेत अख्तियार स्रोतले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक, विज्ञापन बजारको क्लियरिङ हाउस बन्ने लक्ष्य

नेपालको आफ्नै डिजिटल विज्ञापन प्लेटफर्म “एड्सारो नेपाल” को औपचारिक...

CNIYEF द्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय ‘सीईओ फोरम’ सम्पन्न

नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा...

नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंले...

सुनचाँदीको भाउमा गिरावट

आज सोमबार सुनको भाउमा गिरावट आएको छ । आइतबार...

माउन्ट एभरेष्ट पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल...

निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको...
spot_img