Wednesday, August 26, 2026
spot_img
spot_img

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

spot_img

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति पुगेको छ। विद्युत प्राधिकरणका अनुसार बाढीको कारण ११ वटा हाइड्रोको ४०५ मेगावाट र विभिन्न सोलार आयोजनाको २५ मेगावाट गरी कुल ४३० मेगावाट बिजुली प्रणाली बाहिर गएको छ।

बाढीले १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सालासुंगी (सान्जेन), १४.८ मेगावाटको अपर सान्जेन, ४२.५ मेगावाटको सान्जेन, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लांगटांग, ६० मेगावाटको अपर त्रिशुली थ्री ए मा क्षति पुगेको छ । त्यस्तै १४.८ मेगावाटको अपर मैलुंग, ५ मेगावाटको मैलुंग, २४ मेगावटको त्रिशुली र १४ मेगावाटको देवीघाट आयोजनामा क्षति पुगेको छ।

त्यस्तै प्राधिकरणको कुल २५ मेगावाट क्षमताका सोलार आयोजनामा पनि क्षति पुगेको छ।

यी बाहेक निर्माण चरणमा रहेका माथिल्लो त्रिशुली १, १२० मेगावाटको रसुवा-भोटेकोशी लगायतका आयोजना पनि बाढीले क्षति पुर्याएको छ।img

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई दुई दिनको लागि फोन र डाटा निशुल्क

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको...

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...

सुनको भाउमा झिनो गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...