आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई रु.२३६३ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार महिनामा विप्रेषण आप्रवाह रु.२४२ अर्ब ३३ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१८९ अर्ब ११ करोड रहेको थियो ।
समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २८.१ प्रतिशतले वृद्धि भई १६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.३ प्रतिशतले बढेको थियो । घड। समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.२५८१ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.१८७४ अर्ब ३० करोड रहेको थियो ।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४०६,५१९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३८५,७८३ रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ५०५,९५७ र ३३३,३०९ रहेको थियो ।











