Wednesday, August 26, 2026
spot_img
spot_img

भोटेकोशी बाढी: ५ जिल्लाका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल

spot_img

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर बाढीबाट प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गरेका छन्। ​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय सांसदहरूसँग बाढीले पुर्‍याएको क्षति, तटीय क्षेत्रका बस्तीहरूको अवस्था, उद्धार तथा राहत कार्यका विषयमा केन्द्रित भई छलफल भएको छ।

​भेटमा त्यस क्षेत्रका सांसदहरूले आ-आफ्नो क्षेत्रमा परेको असर र उद्धार तथा राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए। ​त्यसअघि, प्रधानमन्त्री शाहले आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक डाकेर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, उद्धार, खोज तथा राहतको प्रगतिबारे उच्चस्तरीय जानकारी लिएका थिए ।

​बाढी प्रभावित क्षेत्रका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले सरकार प्रभावित नागरिकको सुरक्षा र राहतमा पूर्ण प्रतिबद्धताका साथ खटिएको उल्लेख गर्दै तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन र विस्थापितहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न मातहतका निकायलाई स्पष्ट निर्देशन दिइसकिएको जानकारी गराए।

​सरकारले बाढीग्रस्त क्षेत्रमा सुरक्षा निकायका टोलीहरू परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढी: यस्ता छन् आकष्मिक मन्त्रिपरिषद बैठकका १० निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को आपतकालीन बैठक सम्पन्न भएको...

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई दुई दिनको लागि फोन र डाटा निशुल्क

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको...

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति...

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...

सुनको भाउमा झिनो गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...