Wednesday, August 26, 2026
spot_img
spot_img

बाढीपछि भारत, चीन र विश्व बैंकले नेपाललाई सोधे ‘कस्तो सहयोग चाहिन्छ?’

spot_img

विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्। बाढीको समाचार बाहिर आए लगत्तै विहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरुप रु. २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएका थिए।

दक्षिणी छिमेकी मित्रराष्ट्र भारतले बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्रीहरू के-के हुन् भनी सरकारसमक्ष सूची पठाउन आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्री लगायत अन्य वरिष्ठ मन्त्रीहरुसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आज नै काठमाडौँ ल्याइने तयारी भइरहेको बताए।

यस्तै, उत्तरी छिमेकी मित्रराष्ट्र चीनले पनि तत्कालै नगद सहयोग गर्ने भएको छ। त्यसका लागि रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्।

छिमेकी मुलुक र दातृ निकायको उदार सहयोगको प्रतिवद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर-सरकारी समन्वय गरी सहयोग मोडालिटीका सन्दर्भमा छलफल गरिरहेका छन्। आज बसेको मन्त्रीपरिषद वैठकले रसुवा, नुवाकोट र धादिङ्गका प्रभावित पालिकाहरुलाई ‘विपद संकटग्रस्त क्षेत्र’ घोषित गरेपछि घरेलु एवं बाह्य सहयोग जुटाउने बाटो खुलेको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...

एनआईसी एशिया क्यापिटललाई नयाँ म्युचुअल फण्ड योजना संचालनको अनुमति

नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया क्यापिटललाइ नयाँ म्युचुअल फण्डको...

गत वर्ष भित्रियो २३६३ अर्ब रेमिट्यान्स

आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि...

‘नाडा अटो शो’ जारी रहँदा गाडी व्यवसायीलाई भयानक विपत्ति, ८०० गाडी बाढीले बगायो

काठमाडौँमा अटोमोबाइल्स व्यवसायको कुम्भ मेला ‘नाडा अटो शो २०२६’...

त्रिशूली नदीमा रहेका १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९...

भोटेकोशी बाढी: यस्ता छन् आकष्मिक मन्त्रिपरिषद बैठकका १० निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को आपतकालीन बैठक सम्पन्न भएको...