आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७६ हजार १ सय ५० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ७५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ६५ रुपैयाँ तोकिएको छ ।











