Wednesday, August 26, 2026
spot_img
spot_img

नाडामा सिएरा ईभी सार्वजनिक

spot_img

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ। नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शो २०२६ मा सिएरा ईभी प्रदर्शन गरेको हो ।

साथै, कम्पनीले सिएरा ईभीको औपचारिक सुरू प्रि बुकिङ खुलाएको छ । यसको डेलिभरी आगामी दशैंदेखि सुरू गरिने कम्पनीले जनाएको छ । नेपाली बजारमा विद्युतीय सवारीमा वर्चश्व जमाइरहेको टाटाले सिएरा ईभी ल्याएसँगै आफ्नो उपस्थिति झन बलियो भएको छ । सिप्रदीले हाल टाटाका टियागो ईभी, पन्च ईभी, नेक्सन ईभी र कर्भ ईभी बिक्री गर्दै आएको छ ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालको विद्युतीय क्षेत्रमा टाटा ईभीको यात्राले नयाँ उचाइ लिएको बताए । ‘नयाँ टियागो ईभी र नयाँ पञ्च ईभीमा नेपाली ग्राहकले देखाउनुभएको अभूतपूर्व विश्वासले हामीलाई उत्साहित बनाएको छ। काठमाडौँका सडकदेखि देशका विकट भूगोलसम्म दिगो यातायात पहुँच र्पुयाउन टाटा ईभी अग्रणी बनेको छ,’ श्रेष्ठले भने, ‘सिएरा ईभीको आगमनले प्रिमियम एसयूभी खोज्ने ग्राहकका लागि नयाँ मापदण्ड खडा गर्नेछ । यसले ग्राहकाई आगामी दिनका लागि सबैभन्दा आधुनिक र सक्षम ईभीहरूमा पहुँच सुनिश्चित गर्छ ।’

आकर्षक डिजाइन, उत्कृष्ट कार्यक्षमता, फराकिलो इन्टेरियर र अत्याधुनिक प्रविधिसहित २०५ मिमि ग्राउन्ड क्लियरेन्समा आएको सिएरा ईभीले नेपालको ईभी रूपान्तरणमा अर्को ठूलो कोसेढुङ्गा थप्ने उनको विश्वास छ । सिएरा ईभी विशिष्ट डिजाइन, रोमाञ्चक कार्यक्षमता र दैनिक व्यावहारिक प्रयोग चाहने ग्राहकहरूका लागि तयार पारिएको हो ।

टियागो इभि, नेक्सन इभि र पन्च इभिमा विशेष छुट
कम्पनीले नाडामा आफ्नो लोकप्रिय एसयूभी नेक्सनको नयाँ भेरियन्ट नेक्सन ईभी रिलोड पनि लन्च गरेको छ । कम्पनीले यसको आधिकारिक मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । नाडा अफरमा अन्तर्गत ग्राहकले रुपैयाँ ४२ लाख ४९ हजार रुपैयाँमै किन्न पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले गत हालै सार्वजनिक गरेको टियागो ईभी र पन्च ईभी फेसलिफ्ट मोडलमा पनि १(१ लाख रुपैयाँ छुट दिएको छ । नाडामा अफरमा ग्राहकले पन्च ईभी ३२ लाख ९९ हजार र टियागो ईभी २७ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति...

सुनको भाउमा झिनो गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...