Wednesday, August 26, 2026
spot_img
spot_img

जेष्ठ नागरिकलाई हवाई भाडामा सहुलियतः ७० वर्ष माथिलाई ५० र ८० वर्ष कटेकालाई ८० प्रतिशत छुट

spot_img

नेपाल नागरिक उड्डयन प्राधिकरणले जेष्ठ नागरिकहरुलाई हवाई यात्रामा विशेष छुट दिने व्यवस्था गरेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक संघका अध्यक्षसहित आन्तरिक हवाई कम्पनीका प्रतिनिधिहरु समेतको उपस्थितिमा बसेको बैठकले जेष्ठ नागरिकहरुलाई हवाई यात्रामा अधिकतम् छुट उपलब्ध गराउने सहमति गरेको हो ।

यस अनुसार ७० वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकहरुले हवाई यात्रामा सरकारले तोकेको अधिकतम् भाडामा ५० प्रतिशत छुट पाउने छन् । यस्तै, ७५ वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई भाडामा ७० प्रतिशत छुट पाउने छन् ।

यस्तै, ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई भने हवाई यात्रामा ८० प्रतिशत छुट दिने निर्णय भएको महानिर्देशक अधिकारीले जानकारी दिए ।

उनका अनुसार जुनसुकै उमेर समूहको भएपनि फरक क्षमता भएका हवाई यात्रुलाई ५० प्रतिशत छुट सुविधा उपलब्ध गराइने भएको छ । यो निर्णय आजकै मितिबाट लागू हुने गरी सूचना नै प्रकाशित गरिसकिएको महानिर्देशक अधिकारीले जानकारी दिएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...

एनआईसी एशिया क्यापिटललाई नयाँ म्युचुअल फण्ड योजना संचालनको अनुमति

नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया क्यापिटललाइ नयाँ म्युचुअल फण्डको...

बाढीपछि भारत, चीन र विश्व बैंकले नेपाललाई सोधे ‘कस्तो सहयोग चाहिन्छ?’

विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग...

गत वर्ष भित्रियो २३६३ अर्ब रेमिट्यान्स

आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि...

‘नाडा अटो शो’ जारी रहँदा गाडी व्यवसायीलाई भयानक विपत्ति, ८०० गाडी बाढीले बगायो

काठमाडौँमा अटोमोबाइल्स व्यवसायको कुम्भ मेला ‘नाडा अटो शो २०२६’...

त्रिशूली नदीमा रहेका १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९...