भारी वर्षा पश्चात आएको बाढी र पहिरोले सडक यातायात बन्द भएपछि अलपत्र यात्रुहरुलाई भैरहवाबाट काठमाडौं ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड उडान आज दिउँसो हुने भएको छ ।
भैरहवामा रोकिएका यात्रुलाई चार्टर्ड फ्लाइटमार्फत आइतबार राती नै काठमाडौं ल्याउने भनिएपछि तयारी नपुगेपछि सोमबार चार्टर्ड फ्लाइट गर्ने तय भएको हो । जसअनुसार सोमबार दिउँसो २ः४५ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेछ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार सोमबार दिउँसो १ बजे नेपाल एयरलाइन्सको जहाज काठमाडौंबाट भैरहवा पुग्नेछ । भैरहवाबाट २ः४५ बजे जहाज काठमाडौंका लागि उड्ने छ ।
नेपाल वायुसेवा निगमले सूचना जारी गर्दै काठमाडौं–भैरहवा ५ हजार र भैरहवा–काठमाडौं ७ हजार भाडा तय भएको जनाएको छ ।











