Wednesday, August 26, 2026
spot_img
spot_img

भैरहवामा रोकिएका यात्रुलाई काठमाडौं ल्याउन नेपाल एयरलाइन्सले चार्टर्ड फ्लाइट गर्दै

spot_img

भारी वर्षा पश्चात आएको बाढी र पहिरोले सडक यातायात बन्द भएपछि अलपत्र यात्रुहरुलाई भैरहवाबाट काठमाडौं ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड उडान आज दिउँसो हुने भएको छ ।

भैरहवामा रोकिएका यात्रुलाई चार्टर्ड फ्लाइटमार्फत आइतबार राती नै काठमाडौं ल्याउने भनिएपछि तयारी नपुगेपछि सोमबार चार्टर्ड फ्लाइट गर्ने तय भएको हो । जसअनुसार सोमबार दिउँसो २ः४५ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार सोमबार दिउँसो १ बजे नेपाल एयरलाइन्सको जहाज काठमाडौंबाट भैरहवा पुग्नेछ । भैरहवाबाट २ः४५ बजे जहाज काठमाडौंका लागि उड्ने छ ।

नेपाल वायुसेवा निगमले सूचना जारी गर्दै काठमाडौं–भैरहवा ५ हजार र भैरहवा–काठमाडौं ७ हजार भाडा तय भएको जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...

एनआईसी एशिया क्यापिटललाई नयाँ म्युचुअल फण्ड योजना संचालनको अनुमति

नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया क्यापिटललाइ नयाँ म्युचुअल फण्डको...

बाढीपछि भारत, चीन र विश्व बैंकले नेपाललाई सोधे ‘कस्तो सहयोग चाहिन्छ?’

विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग...

गत वर्ष भित्रियो २३६३ अर्ब रेमिट्यान्स

आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि...

‘नाडा अटो शो’ जारी रहँदा गाडी व्यवसायीलाई भयानक विपत्ति, ८०० गाडी बाढीले बगायो

काठमाडौँमा अटोमोबाइल्स व्यवसायको कुम्भ मेला ‘नाडा अटो शो २०२६’...

त्रिशूली नदीमा रहेका १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९...