Friday, April 24, 2026
spot_img
spot_img

सीजी मोटर्सद्वारा नाडा अटो शो मा ४ नयाँ ब्राण्ड सार्वजनिक

spot_img
spot_img

नाडा अटो शो २०८१ लाई लक्षित गरि सी.जी. मोटर्सले नेपाली बजारमा ४ वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ। नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सी.जी. मोटर्सले ४ विभिन्न नयाँ ब्राण्डहरु सार्वजनिक गरेको जनाएको छ।

सी.जी. मोटर्सले नाडा अटो शो मार्फत  AVATR, XPENG, RIDDARA र HERO गरी ४ नयाँ ब्राण्ड सार्वजनिक गरेको हो। यी ४ नयाँ ब्राण्ड सार्वजनिक भएसँगै सी.जी. मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आएको ब्राण्डको संख्या १० पुगेको छ। कम्पनीका अनुसार यसपालीको नाडा अटो शो मा NETA, XPENG, AVATR, AION, RIDDARA, CG KYC, KING LONG र HERO गरी सी.जी. मोटर्सका ८ वटा स्टल रहेका छन्।

सी.जी. मोटर्सले नाडा अटो शो मार्फत नै नेपाली बजारमा AVATR सार्वजनिक गरेको छ। AVATR को AVATR11 मोडल नाडा अटो शो मार्फत सार्वजनिक भएको हो। AVATR विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनी CHANGAN, टेक्नोलोजीमा अग्रणी कम्पनी HUAWEI र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी CATL को साझेदारीमा उत्पादन भएको ब्राण्ड हो।

AVATR 11 प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरीयस र फ्युचुरीस्टिक एस.यु.भि. हो भने उक्त गाडी एक फुल चार्जमा ६८० किलोमिटरसम कुद्न सक्ने क्षमता राख्दछ। AVATR 11 मा 190kW को मोटर जडित छ भने 90kWh र 116kWh को ब्याट्री गरी नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ। इच्छुक ग्राहकहरुले‌ नाडा अटो शो को स्टल नम्बर H13 मार्फत थप जानकारी पाउन सक्ने कम्पनीले जनाएको छ।

नाडा अटो शो को स्टल नम्बर G12 मा रहेको XPENG, सी.जी. मोटर्सले सार्वजनिक गरेको अर्को ब्राण्ड हो। XPENG को G6 मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दावी रहेको छ। 190kW को मोटर र 66kW को ब्याट्री रहेको XPENG G6 ले 215kW सम्मको डि.सि. फास्ट चार्ज सपोर्ट गर्छ भने १०% बाट ८०% सम्म चार्ज गर्न मात्रै २० मिनेट लाग्नेछ।

त्यसैगरी नाडा अटो शो मार्फत नै सार्वजनिक गरेको अर्को ब्राण्ड हो RIDDARA। नाडा अटो शो को स्टल नम्बर A9 मा रहेको RIDDARA ले नेपाली बजारमा RIDDARA RD6 सार्वजनिक गरेको हो। 63kWh को ब्याट्री र 200kW को पिक मोटर पावर रहेको RIDDARA RD6 ले ३७७ किलोमिटरको रेञ्ज प्रदान गर्नेछ।

नेपाली बजारमा लोकप्रिय रहेको NETA V को अपार सफलता पश्चात NETA ले नयाँ मोडल, NETA X नाडा मार्फत सार्वजनिक गरेको छ। NETA X स्टल नम्बर A3 मा रहेको छ र ग्राहकहरुले उक्त स्टलबाट NETA X को अनुभव लिन सक्नेछन्। कम्पनीले दाबी गरेको ५०० किलोमिटरको रेञ्ज सहित NETA X मा ८ वर्ष वा १८०००० किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी पाउन सकिने छ। CATL को ब्याट्री जडित NETA X लाई फुल चार्ज गर्न ९ घण्टा लाग्दछ भने फास्ट चार्ज मार्फत उक्त गाडीलाई ३० मिनेटमै चार्ज गर्न सकिनेछ।

त्यसैगरी स्टल नम्बर B5 मा रहेको AION ले नाडा लाई लक्षित गरी AION Y, AION V, HYPER र HYPER HT प्रदर्शनमा रहेको छ र सँगसँगै स्टल नम्बर M13 बाट HERO मार्फत सी.जी. मोटर्सले दुई पाङ्ग्रे सेगमेन्टमा आफ्नो सेवा विस्तार गरेको छ। उक्त स्टलमा HERO को Karizma XMR, X-pulse Pro 200 4V, X-treme 160 R4, X-treme 125R र Xoom 110 प्रदर्शनमा रहेका छन्।

यससँगै सी.जी. मोटर्सको प्यासेन्जर सेगमेन्टमा नेपालकै सर्वाधिक बिक्रि हुने इलेक्ट्रिक भ्यान, CG KYC स्टल नम्बर J2 मार्फत प्रदर्शन गरिएको छ। CG KYC ले विगतका वर्षहरुमा ग्राहकहरुको मन जित्न सफल रहेको छ र तसर्थ नेपालकै सर्वाधिक बिक्रि हुने इलेक्ट्रिक भ्यान हुन पुगेको कम्पनीले जनाएको छ। नाडा अटो शो मार्फत CG KYC ले पर्यटन क्षेत्रलाई लक्षित गर्दै कम्फर्ट र सुरक्षालाई प्राथमिकता राख्दै CG KYC को ७ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक गरेको छ र उक्त गाडीले यात्रुहरुलाई लक्जरी र सुरक्षित यात्राको अनुभव प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ। CG KYC ले एक फुल चार्जमा ३०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ भने डुअल एरब्याग, ए.बि.एस. जस्ता उत्कृष्ट सेफ्टी फिचर्सहरु समावेश गरिएको छ।

यसैगरी लामो रुटको यात्राको लागि लक्जरीयस र कम्फर्टेवल यात्राको समाधान स्वरुप सी.जी. मोटर्सले किङ्गलङ्ग १९ सिटर, १६ सिटर र १५ सिटर सार्वजनिक गरेको छ र उक्त गाडी नाडाको स्टल नम्बर J1 मा प्रदर्शनमा राखिएको छ।

यो पनि : ९ फोटोमा हेर्नुहोस् नाडा अटोशोको चहलपहल

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img