नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूलाई प्रहरीले पक्राउ गरेको भनेर गलत हल्ला फैलाइएको बताएका छन् । उनले आफू आफ्नै कार्यालयमा बसेर अहिले काम गरिरहेको बताउँदै पक्राउको हल्ला कहाँबाट कसले चलायो भन्ने जानकारी नरहेको बताए ।
“म अफिसमै छु, काम गरिरहेको छु । पक्राउको हल्ला कसले फैलायो ? कहाँबाट फैलियो ? यो मलाई जानकारी भएन” उनले भने ।
केही बेर अघिबाट गोल्छा पक्राउ परेको भन्दै समाचारहरु आइरहेका छन् भने सामाजिक सञ्जाल यो ‘फेक न्यूज’ले भरिएको छ ।
सीआईबीले पनि गोल्छालाई पक्राउ गरिएको भन्दै सार्वजनिक भएका समाचारमा सत्यता नरहेको बताएको छ । सीआईबीका प्रवक्ताले गोल्छालाई पक्राउ गरिएको भन्ने हल्ला गलत अफवाह मात्रै भएको बताएका छन् ।













