प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी बस्ती खाली गरिने भएको छ । त्यसको लागि आज बिहीबार साँझदेखि नै प्रहरीले बस्ती खाली गर्न आग्रह गर्दै माइकिङ सुरु गरेको छ ।
बुधबार सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैसँग राखेका छन् । गृहको पनि जिम्मेवारी सम्हालेपछि शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर शनिवार र आइतबार सुकुम्वासी वस्ती खाली गराउन निर्देशन दिएका थिए।
प्रधानमन्त्रीको उक्त निर्देशनपछि बस्ती खाली गराउने तयारी गरिएको हो। शुक्रबार साँझसम्म खाली नभए शनिबार बिहानैबाट अतिक्रमित संरचनामा डोजर चलाउने तयारी छ। यद्यपि त्यहाँ बसिरहेकाहरुले कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।













