Thursday, April 23, 2026
spot_img
spot_img

५० करोड लगानीमा गोल्छाले नेपालमै सुरु गरे सर्भो लुब्रिकेन्टको उत्पादन

spot_img
spot_img

औद्योगिक घराना गोल्छा ग्रुपले नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु गरेको छ । गोल्छा ग्रुप र भारतको सरकारी स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेशन बीचको साझेदारीमा स्थापित प्लान्टले व्यवसायिक उत्पादन सुरु गरेको हो ।

नवलपुरको देवचुलीमा रहेको प्लान्टबाट औद्योगिक तथा अटोमोबाइल लुब्रिकेन्ट उत्पादन सुरु भएको गोल्छा अर्गनाइजेशनका अध्यक्ष शेखर गोल्छाले जानकारी दिएका छन् । उनका अनुसार यो उद्योगले १५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । उनले यस कदमलाई आत्मनिर्भर देश बनाउने अभियानमा महत्वपूर्ण कदम भनेका छन् ।

औद्योगिक प्रयोजन र सवारी साधनमा प्रयोग हुने लुब्रिकेन्ट उत्पादन गर्ने यस उद्योगमा ५० करोड रूपैयाँ लगानी गरिएको छ । सर्भो ब्राण्ड भारतसहित विश्व बजारमा समेत चर्चित लुब्रिकेन्ट ब्राण्ड हो । नेपालमै यसको उत्पादन सुरु भएपछि लुब्रिकेन्ट आयातबापत बाहिरिने विदेशी मुद्राको बचत हुने अपेक्षा गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...

सुदूरपश्चिममा क्षमताको १ प्रतिशतभन्दा पनि कम विद्युत उत्पादन, कहाँ देखियो समस्या ?

महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको...

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश

आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ३ निर्णय

आज वैशाख १० गते बिहीबार बसेको मन्त्रिपरिषद बैठक सम्पन्न...

पक्राउको हल्लापछि गोल्छाले भने, ‘म अफिसमा बसेर काम गरिरहेको छु’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूलाई...

शिर्ष नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न गठित आयोगले थाल्यो काम

 सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले  औपचारिक रूपमा कार्य...
spot_img