Tuesday, July 28, 2026
spot_img

यातायात कार्यालयमा पार्किङको व्यवस्था मिलाउन रिकण्डिशन अटो व्यवसायी संघको माग, जग्गा खोज्न सघाउने

spot_img

नेपाल रिकण्डिशन अटो व्यवसायी संघले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कार्यालय प्रमुख हरिहर पोखरेलसँग भेट गरी यातायात प्रशासनसँग सम्बन्धित समस्याबारे छलफल गरेको छ । संघका अध्यक्ष रमेश कोइरालाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले प्रमुख पोखरेलसँग यातायात कार्यालयमा पार्किङको असुविधा भएको र भेहिकल रजिष्ट्रेशन सिस्टम (भीआरएस)मा भएको अवरोध हटाउने लगायतका विषयमा छलफल गरेको हो ।

साउन २५ गतेदेखि भीआरएस प्रणाली अवरुद्द हुँदा सवारीको दर्ता प्रक्रियामै अवरोध भएपछि संघले यसबारे यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख पोखरेलसँग छलफल गरि समस्या समाधान गर्न आग्रह गरेको हो । संघले यस सम्बन्धमा कार्यालय प्रमुखसँग छलफल गरे लगत्तै अहिले यो सेवा सूचना भइसकेको जानकारी आएको छ ।

सँगै, यातायात कार्यालय परिसरमा पार्किङको सुविधा नहुँदा सेवाग्राहीलाई मर्का परिरहेको भन्दै संघले कार्यालयको ध्यानाकर्षण गराएको छ । पार्किङको समस्या समाधान गर्न यातायात व्यवस्था कार्यालयले माथिल्लो निकायसँग समन्वय गरी यो समस्या तत्काल हल गर्ने समझदारी बनेको संघले बताएको छ ।

यसैगरी, पार्किङको समस्या समाधान गर्न नेपाल रिकण्डिशन अटो व्यवसायी संघले यातायात व्यवस्था कार्यालय वरिपरी प्रयोगयोग्य जग्गा भए त्यस्तो जग्गाको पहिचान गर्ने र त्यसलाई पार्किङमा उपयोग सकिने विषयमा यातायात व्यवस्था कार्यालयलाई जानकारी गराउने समझदारी बनेको संघका अध्यक्ष कोइरालाले जानकारी दिएका छन् ।

यातायात कार्यालय एकान्तकुनाका प्रमुखलाई भेट्न गएको संघको टोलीमा अध्यक्ष कोइरालासहित महासचिव कुमार बोगटी, कार्यसमिति सदस्य मनिषराज पाण्डे र सल्लाहकार नविन थापा सहभागी थिए । उनीहरुको साथमा प्रतिनिधिसभा सदस्य प्रतिक्षा तिवारी पनि सहभागी थिइन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

नेप्सेको सीइओ बन्न चाहनेले १५ दिनभित्र आवेदन दिनु पर्ने, घटाईयो योग्यता

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको...

अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न

अर्घाखाँची सिमेन्टको ‘वार्षिक सेल्स मिट २०२६’ सम्पन्न भएको छ...

असारकै बिजुली खपतमा भ्याटसहित महशुल तिरेका ग्राहकको पैसा के हुन्छ ?

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष सुरु नहुँदै (असार महिना)...

आज उद्योगीसँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुसँग भेट गर्न लागेका...

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा...

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...
spot_img