Wednesday, July 9, 2025

यातायात कार्यालयमा पार्किङको व्यवस्था मिलाउन रिकण्डिशन अटो व्यवसायी संघको माग, जग्गा खोज्न सघाउने

spot_img
spot_img

नेपाल रिकण्डिशन अटो व्यवसायी संघले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कार्यालय प्रमुख हरिहर पोखरेलसँग भेट गरी यातायात प्रशासनसँग सम्बन्धित समस्याबारे छलफल गरेको छ । संघका अध्यक्ष रमेश कोइरालाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले प्रमुख पोखरेलसँग यातायात कार्यालयमा पार्किङको असुविधा भएको र भेहिकल रजिष्ट्रेशन सिस्टम (भीआरएस)मा भएको अवरोध हटाउने लगायतका विषयमा छलफल गरेको हो ।

साउन २५ गतेदेखि भीआरएस प्रणाली अवरुद्द हुँदा सवारीको दर्ता प्रक्रियामै अवरोध भएपछि संघले यसबारे यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख पोखरेलसँग छलफल गरि समस्या समाधान गर्न आग्रह गरेको हो । संघले यस सम्बन्धमा कार्यालय प्रमुखसँग छलफल गरे लगत्तै अहिले यो सेवा सूचना भइसकेको जानकारी आएको छ ।

सँगै, यातायात कार्यालय परिसरमा पार्किङको सुविधा नहुँदा सेवाग्राहीलाई मर्का परिरहेको भन्दै संघले कार्यालयको ध्यानाकर्षण गराएको छ । पार्किङको समस्या समाधान गर्न यातायात व्यवस्था कार्यालयले माथिल्लो निकायसँग समन्वय गरी यो समस्या तत्काल हल गर्ने समझदारी बनेको संघले बताएको छ ।

यसैगरी, पार्किङको समस्या समाधान गर्न नेपाल रिकण्डिशन अटो व्यवसायी संघले यातायात व्यवस्था कार्यालय वरिपरी प्रयोगयोग्य जग्गा भए त्यस्तो जग्गाको पहिचान गर्ने र त्यसलाई पार्किङमा उपयोग सकिने विषयमा यातायात व्यवस्था कार्यालयलाई जानकारी गराउने समझदारी बनेको संघका अध्यक्ष कोइरालाले जानकारी दिएका छन् ।

यातायात कार्यालय एकान्तकुनाका प्रमुखलाई भेट्न गएको संघको टोलीमा अध्यक्ष कोइरालासहित महासचिव कुमार बोगटी, कार्यसमिति सदस्य मनिषराज पाण्डे र सल्लाहकार नविन थापा सहभागी थिए । उनीहरुको साथमा प्रतिनिधिसभा सदस्य प्रतिक्षा तिवारी पनि सहभागी थिइन् ।

spot_img
spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img