Saturday, July 25, 2026
spot_img

धमाधम मूल्य समायोजन गर्दै ईभी ल्याउने कम्पनी, हालसम्म कुन कुनले गरे ?

spot_img

सरकारले बजेटमार्फत विद्युतीय सवारीको कर प्रणालीलाई मूल्यमा आधारित बनाएपछि नेपालमा ईभी आयात गर्ने कम्पनीहरुले धमाधम मूल्य समायोजन गर्न थालेका छन् । हालसम्म ५ वटा ब्राण्डका आयातकर्ता कम्पनीले मूल्य समायोजनको सूचना प्रकाशित गरेका छन् ।

जस अनुसार एमजीको आयातकर्ता पारामाउण्ट मोटर्सले एमजी एस६ को मूल्य ६९ लाख ९९ हजार रुपैयाँबाट ७२ लाख ९९ रुपैयाँ पु¥याएको छ । यस मोडलमा ३ लाख रुपैयाँ मूल्य बढेको छ ।

यसैगरी, एसपीजी अटोले आईकार भी–२३ को मूल्य ५० लाख ९९ हजार रुपैयाँबाट ५३ लाख ९९ हजार कायम गरेको छ । कम्पनीले यस मोडलको मूल्य ३ लाखले नै बढाएको छ । यस्तै, जे६ टी को मूल्य पनि ६८ लाख ९९ हजारबाट ६९ लाख ९९ हजार कायम गरिएको छ । कम्पनीले यस मोडलको मूल्य १ लाखले बढाएको छ ।

यस्तै, जीली ईभीको आयातकर्ता एलआरआर मोटर्सले इएक्स५ म्याक्सको मूल्य ३ लाखले बढाउँदै ७० लाखबाट ७३ लाख कायम गरेको छ । जीली इएक्स५ प्रो को मूल्य भने कम्पनीले २ लाख रुपैयाँ बढाएर ६० लाखबाट ६२ लाख कायम गरिएको जनाएको छ ।

यसैगरी, लीपमोटर ‘बी १०’ एसयूभीको मूल्य भने एकैपटक ५ लाख रुपैयाँले घटेको छ । सांग्रिला मोटर्सले बी १० को मूल्य ५९ लाख ९९ हजारबाट ५४ लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ ।

यसअघि ईभीको आयातमा किलोवाटको आधारमा लाग्दै आएको करलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तःशुल्क खारेज गरेर मूल्यका आधारमा स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने व्यवस्था गरेका हुन् । जस अनुसार २० लाखसम्म भन्सार मूल्य भएका विद्युतीय सवारी साधनमा २.५ प्रतिशत, २० लाखदेखि ३० लाखसम्म भन्सार मूल्य भएका सवारी साधनमा २० प्रतिशत र ३० लाखदेखि ४० लाखसम्म भन्सार मूल्य भएका सवारी साधनमा ३५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने छ ।

यस्तै, ४० लाखदेखि ५० लाखसम्म भन्सार मूल्य भएका ईभीमा ९० प्रतिशत र ५० लाखभन्दा बढी भन्सार मूल्य भएका सवारी साधनमा १३० प्रतिशत यस्तो शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img