Thursday, June 25, 2026
spot_img

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

spot_img
spot_img

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले एक आपसमा मर्जरको लागि स्वाप रेसियो तय गरेका छन् । जीवन विकास लघुवित्तको हिजो असार १० गते सम्पन्न विशेष साधारणसभाले स्वाप रेसियो पारित गरेको हो।

सम्झौता अनुसार जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्न लागेको हो । सो को लागि जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तको शेयर आदान प्रदान अनुपात (Share SWAP Ratio) क्रमश: १:१:०.८१ रहेको छ ।

यो भनेको मर्जरपछि बन्ने कम्पनीमा जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्तका लगानीकर्ताको शेयर संख्या घटबबढ हुने छैन । तर मानुषी लघुवित्तका लगानीकर्ताले भने आफुसँग भएको शेयरको ८१ प्रतिशत मात्र शेयर पाउने छन्। अर्थात् मानुषी लघुवित्तमा १०० कित्ता शेयर हुने लगानीकर्ताले मर्जरपछि बन्ने कम्पनीमा ८१ कित्ता मात्र शेयर पाउने छन् ।

जीवन विकास लघुवित्तको केन्द्रीय मोरङ्गको कटहरीमा रहेको छ भने युनिक नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाँकेको कोहलपुरमा रहेको छ। त्यस्तै मानुषी लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहेको छ ।

हाल जीवन विकासको चुक्ता पुँजी १ अर्ब ७५ करोड रहेको छ भने युनिक नेपाल लघुवित्तको चुक्ता पुँजी १४ करोड ८५ लाख रहेको छ। त्यस्तै मानुषी लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ लाख रहेको छ । मर्जर पछि बन्ने कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ पुग्ने छ ।

सुरुमा गत चैत्र १४ गते जीवन विकास लघुवित्त र  युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता भएको थियो । पछि चैत्र २८ गते सोहि मर्जरमा मानुषी लघुवित्त पनि मर्ज हुने गरि त्रिपक्षिय सम्झौता भएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...
spot_img