काभ्रेपलाञ्चोक जिल्लामा केन्द्रीय कार्यालय रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सूची दर्ताको लागि आग्रह गरेको छ। कम्पनीले आज साउन १६ गते सूचना प्रकाशन गर्दै कम्पनीलाई आर्थिक वर्ष २०८१/०८२ को लागि आवश्यक पर्ने विभिन्न ७ प्रकारका वस्तु तथा सेवाहरुको आपूर्तिको लागि सूची दर्ता गर्न आग्रह गरेको हो।
लघुवित्तले इच्छुक रजिष्टर्ड फर्म र कम्पनीहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको महालक्ष्मी – ४, ललितपुरमा रहेको कर्पोरेट कार्यालयको सामान्य सेवा विभागमा सूची दर्ता गराउन आग्रह गरेको हो । लघुवित्तले सम्बन्धित विषयको कारोवार गर्न स्वीकृती प्राप्त फर्म तथा कम्पनीलाई बस्तु तथा सेवाको विवरण, फर्म र कम्पनी दर्ता प्रमाण-पत्र, स्थायी लेखा नम्बर PAN /मूल्य अभिबृद्धि कर दर्ता प्रमाण-पत्रको प्रतिलिपि तथा सूची दर्ताको लागि निवेदन समेत संलग्न गरी सूची दर्ता गराउन भनेको छ ।
यस्ता छन् कम्पनीलाई आपूर्ति / उपलब्ध गराउनुपर्ने वस्तु तथा सेवाहरू:
१. स्टेशनरी (मसलन्द) समान आपूर्ति ।
२. छपाई एवं प्रिन्टिङ्ग कार्य ।
३. अफिस फर्निचर तथा फिक्चर्स आपूर्ति ।
४. कम्युटर र प्रिन्टर, आपूर्ति तथा कम्युटर, प्रिन्टर र सवारी साधनको पाटपुर्जाहरुका मर्मत संभार ।
५. प्रिन्टर र फ्याक्सको इन्क, कार्टेज, टोनर, प्रिन्टर रिवन आदि ।
६. प्राविधिक तथा विज्ञापन सेवा ।
७. अन्य विविध सामान आपूर्ति ।
हेर्नुस् सूचना