एनएमबि लघुवित्त वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सजल खड्का नियुक्त भएका छन् । कम्पनीको वैशाख २२ गते बसेको संचालक समितिको बैठकले वैशाख २२ गतेदेखि नै लागु हुने गरि उनलाई सीईओमा नियुक्त गरेको हो ।
उनको कार्यकाल ४ वर्षको रहने कम्पनीले जनाएको छ । उनी यस अघि सोहि कम्पनी कै कार्यवाहक सीइओ थिए।
एनएमबि लघुवित्त आउनु अघि उनी मातृभूमि लघुवित्तको डीसीईओ थिए । उनी साविकको स्पर्श लघुवित्तमा सीइओ, ग्लोबल आइएमई लघुवित्तको डीसीईओ तथा किसान लघुवित्तको निमित्त सीईओ भएर काम गरिसकेका छन् ।
खड्कासँग लघुवित्त क्षेत्रमा २ दशक भन्दा बढीको अनुभव छ ।













