Saturday, September 5, 2026
spot_img

‘सूर्योदय वोमी लघुवित्तको शेयरमा लगानी गर्ने लगानीकर्ताको भविष्य राम्रो छ’

spot_img

मोक्ष प्रसाद पंगेनी 

साविकको वोमी लघुवित्तले २०७१/७२ मै आईपीओ निष्काशन गरेको थियो । त्यसपछि विभिन्न संस्थासँग मर्ज हुँदै आउँदा हाल ५ वटा संस्थासँग मर्जर र प्राप्ति भएर सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था बनेको छ।

मर्जर तथा प्राप्तिको क्रममा नेपाल राष्ट्र बैंकले तोकेको संस्थापक र सर्वसाधारणबीचको शेयर स्वामित्व थोरै हेरफेर भएकोले अहिले शेयर संरचना मिलान गर्न एफपीओ निष्काशन गरिएको छ। राष्ट्र बैंकको नियम अनुसार बैंक तथा वित्तीय संस्था सर्वसाधारणको स्वामित्व न्युनतम ३० प्रतिशत आवश्यक पर्छ । सर्वसाधारणको स्वामित्व केही कम भएकोले त्यसलाई ३० प्रतिशत कायम गर्न हाल ४६ हजार ७ सय २९ दशमलव ५४५० कित्ता एफपीओ निष्काशन गरिएको हो।

एफपीओ निष्काशन गर्नु पर्ने कारणले कम्पनीले आर्थिक वर्ष २०७९/८० को साधारणसभा गर्न केही ढिलाई भएको हो । साउन ३२ गते शुक्रबार ललितपुरको लुभु स्थित लुभु पार्टी प्यालेसमा आर्थिक वर्ष २०७९/८० को साधारणसभा आह्वान गरिएको छ।

सो साधारणसभाले पारित गर्ने लाभांश आज बाँडफाँड भएको एफपीओ पाउने लगानीकर्ताले पनि पाउने छन् । एफपीओ पाउने लगानीकर्तालाई पनि लाभांश दर मिलान गर्दा आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कम्पनीले प्रदान गर्ने लाभांश १४.००५१४३ प्रतिशत हुन आउंछ। बजारमा कम्पनीको शेयर मूल्य ११ सय हाराहारी रहेकोले आज एफपीओ पाउने लगानीकर्ताले पनि यो बोनस शेयर पाउने भएकोले लगानीकर्तालाई तत्काल फाइदा हुन्छ । एफपीओ १०० रुपैयाँ मै निष्काशन गरिएकोले तत्काल बोनस पाउँदा लाभदायक नै छ ।

यो कम्पनी विगतदेखि नै बलियो नै छ । बोनसपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब नाघ्ने छ, जसले गर्दा सूर्योदय वोमी चुक्ता पुँजीको हिसाबमा टप १० लघुवित्त कम्पनी बन्ने छ। कम्पनीको प्रमुख कार्यकारी अधिकृतको हैसियतले कम्पनीलाई अझै माथि लैजाने र अझै प्रगति गर्दै लानको लागि अहोरात्र खटिने बचनबद्दता पनि  व्यक्त गर्दछु । सूर्योदय वोमी लघुवित्तको शेयरमा लगानी गर्ने लगानीकर्ताको भविष्य राम्रो छ।

मोक्ष प्रसाद पंगेनी सूर्योदय वोमी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत हुन् । आज आयोजित कम्पनीको एफपीओ बाँडफाँड कार्यक्रममा उनले यो मन्तब्य दिएका हुन् । 

spot_img
मोक्ष प्रसाद पंगेनी 
मोक्ष प्रसाद पंगेनी https://businesspana.com
सीइओ, सूर्योदय वोमी लघुवित्त
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...