Tuesday, July 28, 2026
spot_img

सूर्योदय वोमी लघुवित्तको एफपीओको प्रि अलोटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

spot_img

सूर्योदय वोमी लघुवित्तले निष्काशन गरेको एफपीओ आगामी बुधबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले बुधबार बिहान शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

क्यापिटलले हिजो आइतबार एफपीओको प्रि अलोटमेन्ट सम्पन्न गरेर शेयर बाँडफाँडको स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ। धितोपत्र बोर्डले बाँडफाँडको स्वीकृति दिएमा बुधबार बिहान शेयर बाँडफाँडको गर्ने क्यापिटलको तयारी छ।

कम्पनीको एफपीओमा माग गरिएको भन्दा ५१० गुणा बढीको आवेदन परेको छ। कम्पनीले साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ ५० पैसा बराबरको ४६ हजार ७ सय २९ दशमलव ५४५० कित्ता एफपीओ निष्काशन गरेको हो ।  आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था थियो।

कम्पनीले अंकित मूल्य रु १०० मै एफपीओ निष्काशन गरेको हो । एफपीओ निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

साविकको सूर्योदय लघुवित्त वित्तीय र वोमी लघुवित्त मर्ज भई सूर्योदय वोमी लघुवित्त बनेको थियो । संस्थाको कुल चुक्ता पूँजी  एकानब्बे करोड सात लाख बयासी हजार पाँच सय आठ रुपैयाँमा संस्थाको पूँजी संरचना संस्थापक शेयरको हिस्सा ७०.३६ प्रतिशत रहेको र सर्वसाधारण समूहको शेयर हिस्सा २९.६४ प्रतिशत रहेकोले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुयाउनका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिने (मर्जर) का लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा कम्पनीले एफपीओ निष्काशन गरेको हो ।

एफपीओ प्राप्त गर्ने लगानीकर्ताले पनि सूर्योदय वोमी लघुवित्तको लाभांश पाउने छन् । कम्पनीको साउन १० गते बसेको संचालक समितिको बैठकले एफपीओ प्राप्त गर्ने लगानीकर्तालाई पनि आर्थिक वर्ष २०७९/८० को लाभांश दिने निर्णय गरेको हो ।

यस सँगै कम्पनीले यस अघि घोषणा गरेको लाभांश दर केही घटेको छ । कम्पनीले यस अघि १४.०७७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेकोमा अब भने एफपीओ शेयरलाई पनि समावेश गरेर लाभांश दिने भएपछि बोनस दर १४.००५१४३ प्रतिशत कायम भएको छ। कम्पनीको एफपीओ बाँडफांड भने हुन बाँकी छ।

कम्पनीले लाभांश लगायतका प्रस्ताव पारित गर्न साउन ३२ गते शुक्रबार ललितपुरको लुभु स्थित लुभु पार्टी प्यालेसमा साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। साउन २३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा...

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...
spot_img