हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुन: विनोद आचार्य नियुक्त भएका छन् । लघुवित्तको असार १८ गते बसेको संचालाक समितिको बैठकले आचार्यलाई पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार उनको हालको पदावधि २०८१ आषाढ मसान्तसम्म रहेकोमा अब २०८१ श्रावण १ गतेबाट लागू हुने गरी आगामी चार वर्षको कार्यकालको लागि पुन: नियुक्ति गरिएको हो । उनी उत्तरगया गाउँपालिका, वडा नं. ५, लहरेपौवा, रसुवाका हुन्।
हिमालयन लघुवित्त हिमालयन बैंकको सहायक कम्पनीको रुपमा रहेको छ ।