Thursday, July 16, 2026
spot_img

इन्फिनीटी लघुवित्तमा रोजगारीको अवसर

spot_img

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनीटी लघुवित्तले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लघुवित्तले आज असार १९ गते सुचाना प्रकाशन गर्दै केन्द्रीय कार्यालयका लागि व्यवस्थापकीय तहमा केही कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रबन्धक, नायव प्रबन्धक र सहायक प्रबन्धक पदमा केही कर्मचारी माग गरेको हो । कम्पनीले इच्छुक तथा योग्य व्यक्तिलाई साउन २ गतेभित्र कम्पनीको वेबसाइटमा गइ अनलाइन मार्फत आवेदन दिन आग्रह गरेको छ ।

कम्पनीका अनुसार प्रबन्धकको लागि कुनै पनि विषयमा स्नातकोत्तर / एसिसिए तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था वा सरकारी वा अर्द्धसरकारी संस्थामा अधिकृत स्तरमा कम्तिमा ३ वर्षको कार्य अनुभव वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था वा सरकारी वा अर्द्धसरकारी संस्थामा अधिकृत स्तरमा कम्तिमा ५ वर्ष काम गरेको वा कम्तिमा सिए उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव हुनु पर्नेछ।

त्यस्तै नायव प्रबन्धक / सहायक प्रबन्धकको लागि सिए उत्तीर्ण गरेको वा एसिसिए / कुनै पनि विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था वा सरकारी वा अर्द्धसरकारी संस्थामा अधिकृत स्तरमा कम्तीमा २ वर्षको कार्य अनभव वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा वा सरकारी वा अर्द्धसरकारी संस्थामा अधिकृत स्तरमा कम्तीमा ४ वर्ष काम गरेको हुनु पर्नेछ ।

वित्त विभाग, अनुगमन तथा सुपरिवेक्षण विभाग र आन्तरिक लेखापरीक्षण विभागमा विभागिय प्रमुख भइ कार्य गरेका वा सो सम्बन्धी अनुभव भएकालाई विशेष प्राथमिकता दिइने कम्पनीले उल्लेख गरेको छ । व्यवस्थापकीय श्रेणीको लागि २१ वर्ष पुरा भई ५५ वर्ष ( दरखास्त दिने अन्तिम मिति ) ननाघेको हुनुपर्नेछ । महिलाको हकमा उमेरको हदमा पाँच वर्ष थप हुने कम्पनीले जनाएको छ ।

लघुवित्तका अनुसार व्यवस्थापकीय श्रेणीले वित्तीय संस्थाको समग्र वित्तीय कारोवार, व्यवसाय विस्तार, प्रशासनिक कार्य, संस्थागत सुशासन कर्मचारी व्यवस्थापन नीति निर्माण र त्यसको कार्यन्वयन गर्ने गराउने हुनेछ । साथै, वित्तीय संस्थाको नियमानुसार परीक्षणकालमा रहने गरी नियुक्ती दिइनेछ । आवेदकको मौखिक अर्न्तवार्ता हुने लघुवित्तले जनाएको छ ।

कम्पनीका अनुसार व्यवस्थापकीय श्रेणीको लागि परीक्षा दस्तुर रु १,००० लाग्ने छ।  उक्त रकम इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि. (Infinity Laghubitta Bittiya Sanstha Ltd.) को नाममा रहेको ग्लोबल आइएमइ बैक लि. (Global IME Bank Ltd.) गैडाकोटको खाता नं. १४७०१०१००००१०९, अथवा संस्थाको Esewa ID 9863048882 वा Esewa QR मार्फत रकम जम्मा गरी भौचरमा नाम लेखी अपलोड गर्नु पर्नेछ । साथै, अर्न्तवार्तामा सहभागी हुदाँ उक्त भौचर सहित उपस्थित हुन पर्नेछ ।

तलव, भत्ता तथा अन्य सुविधाहरु वित्तीय संस्थाको नियमानुसार हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संस्थाको वेभसाइट www.infinitylbsl.com.np मा Career भित्र गई Online Application बाट दरखास्त दिन सकिनेछ । दरखास्त आवेदन सगै आफ्नो बायोडाटा, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाणपत्रहरु सम्लग्न गरी आवेदन पठाउन सकिनेछ । रितपुर्वक तोकिएको समयभित्र प्राप्त सबै आवेदन उपर छानबिन गरी छोटो सूचीमा परेका उमेदवारहरुलाई मात्र अन्तर्वार्ताको लागि सम्पर्क गरिनेछ । अन्य जानकारी संस्थाको वेभसाइट www.infinitylbsl.com.np बाट प्राप्त गर्न सकिनेछ ।

कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित रहने कम्पनीले प्रष्ट पारेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img