Saturday, May 2, 2026
spot_img
spot_img

निफ्राले फेरि पायो Credit Sale/Purchase/Re-purchase तथा Takeover को सुविधा

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले आज पूर्वाधार विकास बैंकको लागि एकिकृत निर्देशन जारी गरेको छ। हाल पूर्वाधार विकास बैंकको रुपमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रा मात्र रहेकोले यो व्यवस्था निफ्रालाई मात्र लागु हुनेछ।

निर्देशन अनुसार निफ्राले फेरि Credit Sale/Purchase/Re-purchase तथा Takeover को सुविधा पाएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार पुँजीकोष पर्याप्त भएमा निफ्राले “क” वर्गका बैंकहरुले प्रवाह गरेका पूर्वाधार सम्बन्धित परियोजनाहरुको Credit Sale / Purchase / Re-purchase तथा Takeover  गर्न सक्नेछन् । यस अघि यो व्यवस्था कारोबार सुरु गरेको ४ वर्षसम्मलाई मात्र दिईएको थियो, जुन निष्क्रिय भईसकेको थियो । अब भने फेरि निफ्राले यो सुविधा पाएको हो ।

नयाँ व्यवस्था अनुसार निफ्राले २०८५ असार मसान्तसम्म आफ्नो अघिल्लो त्रयमासमा कायम रहेको कुल कर्जा सीमाको अधिकतम एक तिहाइ मात्र Credit Sale / Purchase / Re- purchase तथा Takeover गर्न सक्ने छ। २०८५ असार मसान्तपछि भने यस किसिमको Credit Sale /Purchase/Re-purchase तथा Takeover सम्बन्धी व्यवस्था स्वतः निष्क्रिय हुने छ ।

अर्थात् निष्क्रिय भईसकेको अवस्थाबाट निफ्राले २०८५ असारसम्मको लागि फेरि यो सुविधा पाएको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img