प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि लिमा अधिकारीले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सञ्ञ्चालक समिति सदस्यबाट राजीनामा दिएकी छिन् । बैंकको संचालक समितिको बैठकले आज उनको राजीनामा स्वीकृत गरेको छ ।
बैंकले हिजो नै उनको औपचारिक विदाई गरेको छ । उनी करिव ४ वर्ष निफ्राको संचालक समिति सदस्य रहिन् । देशको पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने संस्थासँग आबद्ध हुन पाउनु आफ्नो लागि एक महत्त्वपूर्ण उपलब्धि रहेको उनले बताएकी छिन्। निफ्राले आगामी दिनमा नेपालको आर्थिक रूपान्तरणका लागि अझ ठूला र गौरवशाली आयोजनाहरूमा लगानी भित्र्याउन सफल हुने विश्वास पनि उनले व्यक्त गरेकी छिन्।
अब नेपालकाे पुर्वाधार विकासमा देखिएका अबरोधहरूकाे समाधान गर्ने थुप्रै नितीगत तथा प्रशासनिक सुधारहरूका लागि आगामी दिनमा पहल गर्ने प्रतिवद्दता उनले व्यक्त गरेकी छिन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद चयन गरेको हो ।
उनी रास्वपाकी केन्द्रीय कोषाध्यक्षसमेत हुन् ।












