Monday, August 10, 2026
spot_img

नेप्सेमा भुजुङ हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भुजुङ हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको छ । आज बिहिबार कम्पनीको १  करोड कित्ता शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएपछि आइतबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। आइतबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९०.०४ रुपैयाँदेखि २७०.१२ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर (BJHL) सिम्बलबाट कारोबार हुने छ।

कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई ८ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो। यस कम्पनीले लमजुङमा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ वैशाखदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।

यस कम्पनीका अध्यक्ष डा. खगेन्द्र प्रसाद ओझा हुन् भने प्रबन्ध निर्देशन माधव राज आचार्य हुन् । अन्य संचालकमा अनु खनाल, विवेक रावल, डा. हिमाल भट्टराई तथा स्वतन्त्र संचालकमा ढुंडीराज ज्ञवाली छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाइमा मोबिलिटी एक्स्पो भोलीदेखि

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न...

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि १८औँ ‘नाडा अटो शो’, २०० स्टल रहने

स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली...

एलपी ग्यास उद्योग संघले भन्यो, ‘ग्यासको अभाव हुँदैन, आयात १५ प्रतिशतले बढेको छ’

नेपाल एलपी ग्यास उद्योग संघले अहिले ग्यास आयात बढिरहेको...

२४१ प्रतिशतले बढ्यो स्नो रिभर्सको नाफा, ईपीएस १४.२१ रुपैयाँ

स्नो रिभर्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

बीपी राजमार्ग सूचारु

लेदो र पहिरोले अवरुद्द भएको बीपी राजमार्ग अहिले सञ्चालनमा...

२८८ प्रतिशत बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, ईपीएस ११.१७ रुपैयाँ

तेह्रथुम पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img