सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता भएको छ। चैत्र ३ गते सिडिएससी र निष्काशनकर्ता कम्पनीबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको हो।
अब यी शेयर डिम्याट भए पछि सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा आउने छ । त्यसपछि यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ।
कम्पनीले माघ १८ गतेदेखि माघ २१ गतेसम्म आम सर्वसाधारणलाई ५ लाख ७२ हजार ४ सय ३१ कित्ता शेयर निष्काशन गरेको थियो। यस कम्पनीमा अपि पावर लिमिटेडको पनि शेयर लगानी रहेको छ ।
यस कम्पनीले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि गत साउन देखि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ ।













