Saturday, June 20, 2026
spot_img

सांसद बनेपछि निफ्राको संचालकबाट लिमाले दिईन् राजीनामा

spot_img
spot_img

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि लिमा अधिकारीले  नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सञ्ञ्चालक समिति सदस्यबाट राजीनामा दिएकी छिन्  । बैंकको संचालक समितिको बैठकले आज उनको राजीनामा स्वीकृत गरेको छ ।

बैंकले हिजो नै उनको औपचारिक विदाई गरेको छ । उनी करिव ४ वर्ष निफ्राको संचालक समिति सदस्य रहिन्  । देशको पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने संस्थासँग आबद्ध हुन पाउनु आफ्नो लागि एक महत्त्वपूर्ण उपलब्धि रहेको उनले बताएकी छिन्। निफ्राले आगामी दिनमा नेपालको आर्थिक रूपान्तरणका लागि अझ ठूला र गौरवशाली आयोजनाहरूमा लगानी भित्र्याउन सफल हुने विश्वास पनि उनले व्यक्त गरेकी छिन्।

अब नेपालकाे पुर्वाधार विकासमा देखिएका अबरोधहरूकाे समाधान गर्ने थुप्रै नितीगत तथा प्रशासनिक सुधारहरूका लागि आगामी दिनमा पहल गर्ने प्रतिवद्दता उनले व्यक्त गरेकी छिन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद चयन गरेको हो ।

उनी रास्वपाकी केन्द्रीय कोषाध्यक्षसमेत हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...
spot_img