spot_img

यी हुन् निफ्राका २० ठूला शेयरधनी, एनआईसीले स्वामित्व घटायो

spot_img

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रामा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या २० रहेको छ। बैंकको आर्थिक वर्ष २०८१/८२  को विवरण अनुसार बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व हुने शेयरधनीहरुको संख्या २० रहेको हो, जसमा व्यक्तिगत र संस्थागत दुवै लगानीकर्ता समावेश छन् ।

बैंकको सबैभन्दा ठूलो शेयरधनीको रुपमा नेपाल सरकार, अर्थ मन्त्रालय रहेको छ । बैंकमा सरकारको १० प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यस्तै बैंकमा  नेपाल लाइफ इन्स्योरेन्सको ८.९५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ५.४८ प्रतिशत, त्तहा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ प्रतिशत शेयर स्वामित्व रहेको छ।

बैंकमा एनआईसी एशिया बैंकको ४.९८ प्रतिशत स्वामित्व रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकमा एनआईसी एशिया बैंकको ५ प्रतिशत शेयर स्वामित्व रहेकोमा बैंकले स्वामित्व ०.०२ प्रतिशत बिन्दुले घटाएको देखिन्छ।

त्यस्तै बैंकमा प्रभु बैंकको ४.९२ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४.२० प्रतिशत, नेपाल पुनर्बिमा कम्पनीको २.४७ प्रतिशत, एशियन लाइफ इन्स्योरेन्सको १.७५ प्रतिशत, इमार्जिंग नेपालको १.२५ प्रतिशत, तथा नितेश अग्रवालको १.२१ प्रतिशत शेयर स्वामित्व रहेको छ। अग्रवाल व्यक्तिगत तर्फका सबैभन्दा धेरै शेयर स्वामित्व रहेका शेयरधनी हुन् ।

बैंकमा अन्य शेयरधनीको भने १ प्रतिशतभन्दा कम शेयर स्वामित्व रहेको छ। जसमा विशाल ग्रुपको ०.७५ प्रतिशत स्वामित्व छ भने जीवनाथ लामिछाने र हिमालयन लाइफ इन्स्योरेन्सको समान ०.६३ प्रतिशत शेयर स्वामित्व रहेको छ।

बैंकमा आईएमई लिमिटेड, सिटी एक्सप्रेस इन्भेष्टमेन्ट, युनाइटेड डिस्ट्रीब्युटर्स , शशी कान्त अग्रवाल, सिद्धार्थ बैंक र प्रुडेन्शियल क्यापिटल म्यानेजमेन्टको समान ०.५० प्रतिशत शेयर स्वामित्व रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

NIC ASIA इक्वीटी अपोर्चुनिटी फण्डको इकाईमा ३ कार्य दिनमा नै माग भन्दा बढीको आवेदन

एनआईसी एशिया क्यापिटलले असोज ७ गतेदेखि निष्काशन गरेको एनआईसी...

शौर्य सिमेन्टको शैक्षिक सहयोगबाट सिराहाका ४०० भन्दा बढी विद्यार्थी लाभान्वित

शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिरहाको कर्जन्हा...

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र भविष्य निर्माण सम्बन्धी मार्गदर्शन

कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी...

सानिमा बैंकको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित, दुई जना संचालक निर्वाचित

सानिमा बैंकको २२ औं साधारणसभा सम्पन्न भएको छ। बैंकका...

यी हुन् माछापुच्छ्रे बैंकका ठूला शेयरधनी, कसको स्वामित्व कति ?

माछापुच्छ्रे बैंकमा ०.५ प्रतिशत भन्दा बढी शेयर हुने शेयरधनीको...