Saturday, July 11, 2026
spot_img

सिन्धु विकास बैंकको कामु सीइओमा गणेश कुमार केसी नियुक्त

spot_img

सिन्धु विकास बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउण्टेन्ट गणेश कुमार के.सी. नियुक्त भएका छन्।  बैंकको साउन १४ गते बसेको संचालक समितिको बैठकले यस अघि सीइओ रहेका राम कुमार गिरीको राजीनामा स्वीकृत गर्दै गणेश कुमार के.सी.लाई कामु सीइओ नियुक्त गरेको हो ।

केसी  २०८० साल पौष १ गते देखि बैंकको डेपुटी सीइओ थिए । अब भने बैंकले उनलाई कामु सिइओको जिम्मेवारी दिएको हो ।

बैंकका अनुसार उनीसँग बैंक तथा बित्तिय संस्थामा करिब २१ बर्ष भन्दा बढीको कार्य अनुभव छ । उनीसँग मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा कुमारी बैंक लि.को आन्तरिक लेखा परिक्षण विभागमा विभागीय प्रमुखको समेत कार्य गरेको अनुभव छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img