शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज पुस २ गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।
बैंकले पुस १९ गते रुपन्देहीमा साधारणसभा बोलाएको छ। बैंकको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ७३ करोड रहेको छ। बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु :
१. आ.व. २०८०/०८१ को सञ्चालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, सोही मितिमा समाप्त आ.व. २०८०/०८१ को नाफा वा नोक्सान विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।
३. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पूंजीको ५ (पांच) प्रतिशतले हुने रकम रु. २३,६६,८४,५४८/०० (अक्षरेपी तेईस करोड छैसट्ठी लाख चौरासी हजार पाँच सय अठ्चालीस मात्र) बराबरको नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्विकृत गर्ने ।
४. आर्थिक बर्ष २०८१/०८२ को लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
५. सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने ।
विशेष प्रस्ताव
१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम वितरणयोग्य सञ्चित मुनाफावाट चुक्ता पूँजीको ३ (तीन) प्रतिशतले हुन आउने रकम रु. १४,२०,१०,७२९/०० (अक्षरेपी चौध करोड बीस लाख दश हजार सात सय उनान्तीस मात्र ) बोनश शेयर वितरण गर्न स्वीकृत गर्ने र सोही बमोजिम जारी तथा चुक्ता . पूंजी बृद्धि गरी प्रबन्धपत्रको सम्वन्धित दफा संशोधन गर्ने ।
२. शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ती / समाहित (Acquisition) हुने प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमती पत्र (Memorandum of Understanding ) मा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (Due Diligence Audit) गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने तथा उक्त कार्यसंग सम्बन्धित अन्य आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने ।
३. प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन, संशोधन तथा सच्याउनका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्ने ।









