Monday, July 27, 2026
spot_img

सिटिजन्स बैंकका ग्राहकलाई सूर्य हस्पिटलमा छुट

spot_img

सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित सूर्य हस्पिटल प्रा.ली बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सूर्य हस्पिटल प्रा.ली मा १० प्रतिशत सम्मको छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले उल्लेख गरेको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...
spot_img