कुमारी बैंक लिमिटेडका ग्राहकले इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पोरेशन लिमिटेड), नयाँ दिल्लीमा छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।
यस सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई inpatient तथा outpatient सेवा सुविधामा अधिकतम १०% सम्मको विशेष छुट प्रदान गरिने बैंकले जनाएको छ। कुमारी बैंकले ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत सेवा प्रदान गरिरहेको छ।









