एनआईसी एशिया बैंकका ग्राहकहरुले अन्नपूर्ण न्यूरो अस्पतालमा छुट सुविधा पाउने भएका छन् । बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स (Annapurna Neurological Institute & Allied Sciences) र बैंकबीच सम्झौता सम्पन्न भएको हो।
समझदारीसँगै बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरि डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकका ग्राहकहरुले In house Pathology, Outsourcing Test, Radiology, Ambulance, General Bed Charge, ICU र Surgery Charge सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्ने छन्।
अस्पतालसँगको सहकार्यले बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।









