Saturday, July 11, 2026
spot_img

बैंक तथा वित्तीय संस्थाको लागि राष्ट्र बैंकले जारी गर्यो ९ बुँदे निर्देशन

spot_img

नेपाल राष्ट्र बैंकले बैंक , विकास बैंक र फाइनान्सको लागि नयाँ एकिकृत निर्देशन जारी गरेको छ । राष्ट बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज ९ बुँदे निर्देशन जारी गरेको हो ।

आज जारी निर्देशन मार्फत राष्ट्र बैंकले संस्थापक लगानीकर्ताको लागि शेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेको छ ।  पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका शेयर धितो कर्जाको २० करोडको सीमा खारेज भएको हो।

निर्देशनमा धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि मात्र शेयर धितो कर्जाको सीमा लागु नहुने उल्लेख छ। चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको लागि कर्जाको सीमा हटाउने घोषणा गरेको थियो। सोहि बमोजिम आज निर्देशन जारी गर्दै राष्ट्र बैंकले सीमा हटाएको हो । व्यक्तिगत लगानीकर्ताको हकमा भने शेयर धितोकर्जाको १५ करोडको सीमा कायम नै छ।

त्यस्तै राष्ट्र बैंकले उर्जा क्षेत्रसँग सम्बन्धित सार्वजनिक संस्थान र पब्लिक लिमिटेड कम्पनीहरुले जारी गरेका ऊर्जा बन्ड लगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरेको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइने गरेको छ ।

यस्तो छ राष्ट्र बैंकको निर्देशन :

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img