Tuesday, May 5, 2026
spot_img
spot_img

चैत २ देखि ‘Smart Money Talks’ भन्ने नाराका साथ Global Money Week मनाइँदै

spot_img
spot_img

आगामी मार्च १६ देखि २२ (२०८२ चैत २ देखि ८) सम्म ‘Smart Money Talks’ भन्ने नाराका साथ Global Money Week को चौधौँ शृङ्खला मनाइने भएको छ। यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजक (National Coordinator) को भूमिका निर्वाह गर्दै Global Money Week मनाइन लागिएको हो।

बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ Organization for Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष “ग्लोबल मनी विक (Global Money Week-GMW)* विश्वभर मनाउने गरिएको छ । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ७ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।

राष्ट्र बैंकका अनुसार यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाहरूको सक्रिय सहभागिता रहनेछ । यसको अतिरिक्त अन्य संघसंस्था र सरोकारवाला निकायहरू पनि यस अभियानमा आबद्ध हुनसक्ने भएकोले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण संघसंस्था र निकायहरूलाई यस अभियानमा सहभागी भई Global Money Week, 2026 भव्य रूपमा मनाउनका लागि राष्ट्र बैंकले आह्वान गरेको छ।

साथै, आफ्ना कार्यक्रमहरूको जानकारी नेपाल राष्ट्र बैंक, गभर्नरको कार्यालय, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाको इमेल [email protected] मा उपलब्ध गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वैदेशिक रोजगारीमा रहेकाले एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले एभरेष्ट कलर लिमिटेडको आईपीओ भर्ने...

कालंगा हाइड्रोले जेठ ८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...

महासंघको चुनाव आजः १३७ जना उम्मेदवार मैदानमा

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत आज...

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख २२...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने...

बिदा भए लगानी बोर्डका सीईओ ज्ञवाली, जाँदाजाँदै के भने ?

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतबाट सुशील ज्ञवाली बिदा...
spot_img