Saturday, July 25, 2026
spot_img

राष्ट्र बैंकद्वारा शेयरबजार मैत्री ३ वटा निर्देशन जारी, शेयर धितोकर्जाको लिमिट हट्यो

spot_img

नेपाल राष्ट्र बैंकले शेयरबजारसंग सम्बन्धित सर्कुलर जारी गरेको छ। राष्ट्र बैंकले आज साँझ सर्कुलर जारी गरेको हो ।

निर्देशन अनुसार राष्ट्र बैंकले शेयर धितो कर्जाको अधिकतम सीमा हटाएको छ। यस अघि कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु.२५ करोड कायम थियो । अब भने यो व्यवस्था हटेको छ।

त्यस्तै अब बैंक तथा वित्तीय संस्थाले शेयरबजारमा ६ महिना अवधिको लागि लगानी गर्न पाउने छन् । सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस अघि यो अवधि १ वर्ष थियो ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाले लगानी बिक्री गर्न सक्ने अवधिको व्यवस्था हटाईएको छ । यस अघि बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था थियो। अब भने यो व्यवस्था हटेको छ ।

शेयर लगानीकर्ताहरुले यी व्यवस्था गर्न लामो समयदेखि माग गर्दै आएका थिए। अब भने राष्ट्र बैंकले शेयर लगानीकर्ताको माग अनुसार नै शेयरबजार मैत्री नयाँ व्यवस्था गरेको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img