Sunday, July 26, 2026
spot_img

अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सुचारू गर्न राष्ट्र बैंकको निर्देशन

spot_img

नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सुचारू गर्न राष्ट्र बैंकको निर्देशन दिएको छ। राष्ट्र बैंकले सम्पूर्ण इजाजतपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरू,लाई यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली (Critical System) सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्नुहुन र अन्य प्रणालीको हकमा जोखिमको आधारमा Remote Access मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो । साथै सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो website तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकले सबै संस्थालाई आफ्नो व्यावसायिक निरन्तरता (Business Continuity) लाई मध्यनजर गर्दै नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको मिति २०८२/०५/२५ मा जारी विज्ञप्ति नं. १६ अनुसार आवतजावत हुने उल्लेखित कार्य गर्न भनेको हो ।

नेपाली सेनाले आजदेखि बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई परिचय पत्रको आधारमा आवतजावत गर्न दिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img