Saturday, July 25, 2026
spot_img

राष्ट्र बैंकले ल्यायो बैंक तथा वित्तीय संस्थाको लाभांश स्वीकृत गर्ने नयाँ कार्यविधि

spot_img

नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि , २०८२ जारी गरेको छ। राष्ट्र बैंकले यस अघिको कार्यविधिलाई प्रतिस्थापन गरि नयाँ कार्यविधि जारी गरेको हो ।

नयाँ कार्यविधि जारी भएसंगै अब बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्न र साधारणसभा बोलाउने बाटो खुलेको छ।

कार्यविधि अनुसार गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) मा संलग्न संस्थाहरुको चुक्ता पूँजीको कुल योग भन्दा गाभिएर वा प्राप्ति (एक्विजिशन) पश्चात कायम हुने संस्थाको चुक्ता पूँजी कम हुने भएमा चुक्ता पूँजीमा फरक हुन आउने रकम (बचत) लाई पूँजीगत जगेडा कोष (Capital Reserve) मा लेखाङ्कन गर्नु पर्ने र यस्तो रकमबाट शेयरधनीहरुलाई नगद लाभांश बाँड्न स्वीकृति हुने छैन।

गाभिने तथा प्राप्ति सम्बन्धी लेखाङ्कन गर्दा Other Component of Equity मध्ये गाभिने वा प्राप्ति भई आउने संस्थाको Acquisition Date मा कायम रहेको विभिन्न शिर्षकका कोषहरु (सञ्चित मुनाफा सहित) र पूँजीगत जगेडा कोष बाहेकपनि रकम बाँकी हुन आएमा सो रकमलाई Merger/Acquisition Reserve मा लेखाङ्कन गर्नुपर्ने र सो रिजर्भमा भएको रकमबाट शेयरधनीहरुलाई लाभांश बाड्न स्वीकृति नदिने । तर गाभिने वा प्राप्ति भई उत्पन्न भएको Goodwill को हानी नोक्सानी (Impairment Loss) नाफा नोक्सान हिसाबमा खर्च लेखाङ्कन भए बराबरको रकम लाभांश वितरण गर्न पाउने छन् ।

ऋणपत्र/भुक्तानी योग्य अपरिवर्तनीय अग्राधिकार शेयर भुक्तानी गरेपछि सो वापत भुक्तानी समायोजन कोषमा राख्नु पर्ने रकमलाई पुँजी समायोजन कोषमा रकमान्तर गरी जम्मा भएको रकमबाट बोनस शेयरमात्र जारी गर्न स्वीकृति दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img