Monday, July 27, 2026
spot_img

शेयरबजारले एकै दिन बनायो ३ वटा रेकर्ड

spot_img

आज २०८१ साउन २७ गते आइतबार नेपालको शेयरबजारमा ३ वटा रेकर्ड बनेको छ ।आज उच्चतम रकमको कारोबारको रेकर्ड, उच्चतम कित्ता शेयर कारोबारको रेकर्ड र उच्चतम बजार पुँजीकरणको रेकर्ड बनेको हो ।

आज शेयर बजारमा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९ रुपैयाँ ९० पैसाको कारोबार भएको हो । यस अघि २०८१ साउन २२ गते २३ अर्ब ७१ करोडको कारोबार भएको थियो । आज सो रेकर्ड तोडिएको हो। आज शेयर बजार परिसूचक नेप्से भने ९४.५३ अंकले बढेर २८६०.९१  को बिन्दुमा पुगेको छ ।

त्यस्तै आज ६ करोड ३ लाख २१ हजार ३ सय २३ कित्ता शेयर खरिद बिक्री भएको छ। ६ करोड बढी कित्ता शेयर खरिद बिक्री भएको यो नै पहिलो पटक हो ।

त्यस्तै आज बजार पुँजीकरणले पनि नयाँ रेकर्ड कायम गरेको छ। आजको कारोबारपछि बजार पुँजीकरण बढेर ४५ खर्ब ४१ अर्ब ३ करोड ३२ लाख पुगेको छ। यो हालसम्म कै उच्च बजारपुँजीकरण हो ।

आज शेयरबजार परिसूचक नेप्से सूचक ९४.४६ अंकले बढेर २८६०.८४ को बिन्दुमा पुगेर रोकिएको छ । आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १ अर्ब ५२ करोडको कारोबार भएको छ भने शिवम सिमेन्टको १ अर्ब १६ करोड तथा निफ्राको ६८ करोड २७ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये ९ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने ३ कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ। आज कुथेली बुखारी स्मल हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने सिटिजन सुपर ३० म्युचुअल फण्ड ७.५४ प्रतिशत तथा युनिलिभरको शेयर मूल्य ३.५० प्रतिशत घटेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...
spot_img