Thursday, August 27, 2026
spot_img
spot_img

उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न सदस्यहरुलाई महासंघको आग्रह

spot_img

नेपाल उद्योग वाणिज्य महासंघले भदौ १० गते तिब्बत क्षेत्रबाट आएको भोटेकोशी नदीको भिषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। यस विनाशकारी विपद्मा परि ज्यान गुमाउने सम्पूर्ण प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै महासंघका अध्यक्ष अन्जन श्रेष्ठले शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता नागरिक तथा व्यवसायीहरूको तत्काल खोजी, उद्धार र सुरक्षित स्थानान्तरणका लागि सम्बन्धित सबै निकायसँग जोडदार आग्रह गरेका छन्। उनले यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन सरकारका सम्बन्धित सबै निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा विपद् व्यवस्थापन संयन्त्रलाई उच्च सतर्कताका साथ उद्धार, खोज तथा राहत कार्यलाई थप प्रभावकारी र तीव्र बनाउन आग्रह गरेका छन्।

त्रिशूली नदी तथा यससँग जोडिएका तटीय क्षेत्रमा जोखिम अझै कायम रहेकाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण, जोखिमपूर्ण क्षेत्रमा आवागमन नियन्त्रण तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनसमेत अध्यक्ष श्रेष्ठले अनुरोध गरेका छन्।

महासंघले आफु मातहतका सम्पूर्ण जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरू, वस्तुगत संघहरू तथा देशभरका उद्योगी–व्यवसायीहरूलाई यस राष्ट्रिय विपद्को घडीमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी उद्धार तथा राहत कार्यमा तत्काल सक्रिय रूपमा जुट्न हार्दिक अपिल गरेको छ।

सम्भव भएसम्म खाद्यान्न, पिउने पानी, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन गरी प्रभावित परिवारसम्म सुरक्षित रूपमा पु¥याउन निजी क्षेत्रको सम्पूर्ण सामथ्र्य परिचालन गर्न अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन्। विपद्को यस कठिन घडीमा निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै राज्यका प्रयासमा हातेमालो गर्न पनि उनले अनुरोध गरेका छन् ।

साथै, विपद्का कारण उत्पन्न असहज परिस्थितिमा मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई सर्वोच्च प्राथमिकतामा राख्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सहज, नियमित र निर्वाध बनाउन तथा यथोचित र स्थिर मूल्य कायम राख्न महासंघले अपिल गरेको छ।

महासंघले भनेको छ ‘यो दुःखद घडीमा नेपाल उद्योग वाणिज्य महासंघ प्रभावित नागरिक, उद्योगी–व्यवसायी तथा स्थानीय समुदायको साथमा दृढतापूर्वक उभिएको छ। उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार, स्थानीय तह, सुरक्षा निकाय र अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्न महासंघ पूर्ण रूपमा प्रतिबद्ध रहेको छ ।’

सम्पूर्ण नागरिक तथा उद्योगी–व्यवसायीहरूलाई उच्च सतर्कता अपनाउँदै संयमित, सुरक्षित र एकताबद्ध भएर यस विपद्को सामना गर्न तथा कठिन परिस्थितिमा एक–अर्कालाई सहयोग गर्न अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

बाढी प्रभावितको लागि अपि पावरद्वारा तत्काल ३५ लाख सहयोग

भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण...

भयानक बाढीपछि ग्यास, इन्धन र नुनको अभाव हुन नदिन कस्तो छ तयारी ?

बुधबार भोटेकोशी र त्रिशुली नदीमा आएको भयानक बाढीले राजमार्ग...

३० लाखमै आयो नयाँ नामी बक्स

नेपालका लागि डोङफेङको आधिकारिक बिक्रेता एमएमडब्लू वृद्धि मोटोकर्पले ‘नामी...

ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको लागि ५ करोड रुपैयाँ सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक...

वायुसेवा सञ्चालक संघले भन्यो, ‘एयरलाइन्सले बढी भाडा लिएका छैनन्’

वायुसेवा संचालक संघले एयरलाइन्स कम्पनीहरुले तोकिएको भन्दा बढी हवाई...

बाढीका कारण चीनतिर रोकिएका सामान कोरोलामार्फत आयात गरिने

नेपाल ल्याउनका लागि तयारी अवस्थामा राखिएका तर, बाढीका कारण...