Monday, August 3, 2026
spot_img

सिम्रिक एयरलाई पोखरामा पूर्णकालिन ‘स्काई डाइभ’को अनुमति

spot_img

सिम्रिक एयरले पोखरामा पूर्णकालिन स्काई डाइभको अनुमति पाएको छ । कम्पनीले भगिनी कम्पनी ‘इन स्काई स्काईडाइभ’मार्फत नेपाल नागरिक उड्डययन प्राधिकरण (क्यान)बाट पूर्णकालिन स्काईडाइभ सेवा सञ्चालनको अनुमति प्राप्त गरेको हो ।

यसअघि ‘स्पेशल पर्मिशन’ लिएर मात्रै स्काई डाइभिङ गराइरहेको कम्पनीले अब भने पूर्णकालिन अनुमति पाएको हो ।

अमेरिकाबाट लाइसेन्स लिएका ‘जम्पर’हरु

कम्पनीसँग अनुभवी जम्परहरु रहेका छन् । यसअघि बैंकक, दुबई लगायतमा देशमा जम्प गरिसकेका र नेपालमा पनि गर्दै आएका अनुभवी नेपाली युवाहरु यसमा समावेश रहेको सिम्रिक एयरले जनाएको छ ।

कम्पनीका अनुसार यसको कमाण्डर रहेका नेपाली युवा ‘सेफ्टी इन्स्टक्टर’ पनि हुन् । उनले हालसम्म २ हजार ५ सय पटक जम्प गरिसकेका छन् ।

अहिले यसका लागि सिम्रिकसँग ६ जना युवाहरुको टिम छ । उनीहरुमध्ये सिनियर (कमाण्डर)ले २५ सय पटक र बाँकी ५ जनाले पनि २ हजार पटकभन्दा बढी जम्प गरिसकेको कम्पनीले जनाएको छ । उनीहरु सबैले अमेरिकाबाट जम्पिङको लाइसेन्स पाएका हुन् ।

साहसिक पर्यटन प्रवद्र्धनको लक्ष्य

कम्पनीले नेपाललाई पदयात्रा र घुमफिर सँगसँगै साहसिक पर्यटकीय गतिविधिको अनुपम गन्तव्यका रुपमा चिनाउने लक्ष्य समेत लिइएको जनाएको छ । सुरक्षित र साहसिक गतिविधिमार्फत नेपालको पर्यटन उद्योगमा नयाँ मानक स्थापित गर्ने उदेश्यका साथ स्काई डाइभिङ सेवा सुरु गरेको जनाउँदै सिम्रिकले अब पूर्णकालिन अनुमति पाएसँगै यो क्षेत्र थप चलायमान हुने विश्वास लिइएको जनाएको छ ।

साथै, ‘एड्भेन्चर टुरिजम’मा रुची भएका युवाहरुलाई नेपालमै यससँग सम्बन्धित विभिन्न अवसरहरु छन् भन्ने सन्देश दिनका लागि पनि पूर्णकालिन इजाजत लिएर सेवा सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकलाई ‘एड्भेन्चर’ अनुभूति गराउनुका साथै यो मुलुकका लागि भरपर्दो ‘एड्भेन्चर टुरिजम प्रडक्ट’ भएको पनि कम्पनीको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन...

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने भएका छन्।...

सुनचाँदीको भाउ बढ्यो

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

१०३६ प्रतिशतले बढ्यो महुली लघुवित्तको खुदनाफा, लाभांश क्षमता ४२.५८ प्रतिशत

महुली लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

४९.१८ प्रतिशतले बढ्यो हिमालयन लघुवित्तको खुदनाफा, लाभाश क्षमता २७.१३ प्रतिशत

हिमालयन लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

FIFA अध्यक्षलाई राजीनामा दिन UEFA को दबाब, अविश्वासको प्रस्ताव ल्याउने चेतावनी

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोमाथि...
spot_img