अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर तथा राजस्व संकलन गर्ने अधिकारीहरुलाई करदातालाई खुशी बनाएर राजस्व उठाउन निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागमा देशभरका कर अधिकृतहरुलाई अर्थमन्त्री डा. वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन निर्देशन दिएका हुन् ।
‘करदातालाई खुशी पारेर कर उठाउनुहोस्,’ उनले भने, ‘कर तिर्न बोझ छैन, कोही पनि त्रसित छैनन् भन्ने सुन्न पाउँ ।’
उनले जबरजस्ती र त्रसित बनाएर कर उठाउने नभई करदातालाई खुशी बनाएर र कर तिर्नुपर्छ भन्ने आवश्यकता बोध गराएर राजस्व उठाउन निर्देशन दिए । ‘करदाता त्रसित भएको मैले सुन्न नपरोस्’ उनले थपे, करदाताहरु डराएर कर नतिरी लुकेका छन् भन्ने अवस्था नआओस् ।’









