Friday, July 24, 2026
spot_img

कालो सिसाको लफडाले एम्बुलेन्सको दर्तासमेत सकस

spot_img

कालो सिसा भएका सवारी साधनको दर्ता बन्द भएपछि त्यसको असर एम्बुलेन्सको दर्तामा समेत परेको छ । यातायात कार्यालय एकान्तकुनाले केन्द्र सरकारको निर्देशन अनुसार बागमती प्रदेश सरकारबाट स्पष्ट रुपमा निर्देशन नआएको र सबैलाई एकै खालको प्रावधान लागू गर्नुपर्ने बाध्यता देखाउँदै एम्बुलेन्सको दर्ता गर्न समेत आनाकानी गर्न थालेको छ ।

यातायात कार्यालय एकान्तकुनाका इन्जिनियर मोहन यादवका अनुसार धेरै मूल्य पर्ने र तुलनात्मक रुपमा लक्जरी एम्बुलेन्सहरुमा कालो सिसा लगाइएको हुने र आफूहरुलाई कालो सिसा भएका सवारी साधन दर्ता नगर्नू भन्ने निर्देशन रहेको बताए । उनले आयातकर्ता कम्पनीले अनावश्यक हैरानी ब्यहोर्नु परेको सम्बन्धमा कार्यालय जानकार भएपनि आफैँले निर्णय गर्न नसक्ने बताएका छन् ।

‘स्वघोषणा’ गराएर एम्बुलेन्सको दर्ता
यातायात कायाएले एम्बुलेन्स र शव बाहनको हकमा ‘स्वविवेक’ प्रयोग गरेर दर्ता गर्न थालेको बताएको छ । एम्बुलेन्समा कालो सिसा राखिनुको कारणबारे आयातकर्ता कम्पनीका प्रतिनिधिहरुले मौखिक रुपमै ‘ब्रिफिङ’ गराएपछि त्यसमा सहमत भएर आफूहरुले एम्बुलेन्सको दर्ता भने गर्न थालेको इन्जिनियर यादवले बताएका छन् ।

यो पनिः
कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ताः असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

‘महँगो एम्बुलेन्समा आंशिक कालो सिसा हुँदो रहेछ, हामीलाई कालो सिसा भएका सवारीको दर्ता नगर्नू भन्ने निर्देशन छ’ उनले भने, ‘तर, एम्बुलेन्सको हकमा आयातकर्ता कम्पनीका प्रतिनिधिहरुले मौखिक रुपमा यसको आवश्यकताबारे जानकारी गराउनुभयो । लिखित रुपमा छुट्टै कागजात मागिएको छैन । मौखिक ब्रिफिङका आधारमा दर्ता गर्न थालेका छौँ ।’

यादवका अनुसार भविष्यमा कुनै घटना भए त्यसको जिम्मेवार आयातकर्ता स्वयम् हुने भनेर स्वघोषणा भने गराइएको छ । ‘एम्बुलेन्स र शव बाहनहरु सेवाका लागि प्रयोग हुन्छ भन्ने थाहा भएपनि हामीले त्यसै दर्ता गरदिन भएन’ उनले थपे, ‘त्यहीँ भएर पछि केही घटना भयो भने आयातकर्ता स्वयम् जिम्मेवार हुने भनेर सही गराएर दर्ता गरिदिएका छौँ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...

सुरज वैद्य बने अनररी कन्सुलर एचसीसीएनको डीन

प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डिस्ट्रिज एन्ड ट्रेडिङ...
spot_img