Monday, July 27, 2026
spot_img

७ प्रकारका वस्तु तथा सेवाहरूको लागि सूची दर्ता गराउन सूर्योदय वोमी लघुवित्तको आग्रह

spot_img

काभ्रेपलाञ्चोक जिल्लामा केन्द्रीय कार्यालय रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सूची दर्ताको लागि आग्रह गरेको छ। कम्पनीले आज साउन १६ गते सूचना प्रकाशन गर्दै कम्पनीलाई आर्थिक वर्ष २०८१/०८२ को लागि आवश्यक पर्ने विभिन्न ७ प्रकारका वस्तु तथा सेवाहरुको आपूर्तिको लागि सूची दर्ता गर्न आग्रह गरेको हो।

लघुवित्तले इच्छुक रजिष्टर्ड फर्म र कम्पनीहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको महालक्ष्मी – ४, ललितपुरमा रहेको कर्पोरेट कार्यालयको सामान्य सेवा विभागमा सूची दर्ता गराउन आग्रह गरेको हो ।  लघुवित्तले सम्बन्धित विषयको कारोवार गर्न स्वीकृती प्राप्त फर्म तथा कम्पनीलाई बस्तु तथा सेवाको विवरण, फर्म र कम्पनी दर्ता प्रमाण-पत्र, स्थायी लेखा नम्बर PAN /मूल्य अभिबृद्धि कर दर्ता प्रमाण-पत्रको प्रतिलिपि तथा सूची दर्ताको लागि निवेदन समेत संलग्न गरी सूची दर्ता गराउन भनेको छ ।

यस्ता छन् कम्पनीलाई आपूर्ति / उपलब्ध गराउनुपर्ने वस्तु तथा सेवाहरू:

१. स्टेशनरी (मसलन्द) समान आपूर्ति ।

२. छपाई एवं प्रिन्टिङ्ग कार्य ।

३. अफिस फर्निचर तथा फिक्चर्स आपूर्ति ।

४. कम्युटर र प्रिन्टर, आपूर्ति तथा कम्युटर, प्रिन्टर र सवारी साधनको पाटपुर्जाहरुका मर्मत संभार ।

५. प्रिन्टर र फ्याक्सको इन्क, कार्टेज, टोनर, प्रिन्टर रिवन आदि ।

६. प्राविधिक तथा विज्ञापन सेवा ।

७. अन्य विविध सामान आपूर्ति ।

हेर्नुस् सूचना 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...
spot_img