Wednesday, April 29, 2026
spot_img
spot_img

डा. अधिकारीको अवकाशपछि धितोपत्र बोर्डमा एक ईडी पद रिक्त, दाहालको बढुवा हुने

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक (ईडी) डा. नवराज अधिकारीको अनिवार्य अवकाशसँगै धितोपत्र बोर्डमा एक कार्यकारी निर्देशक पद रिक्त भएको छ। उनी गत बिहीबार ५८ वर्ष उमेरहदका कारण अनिवार्य अवकाशमा गएका हुन्।

अब धितोपत्र बोर्डले उप कार्यकारी निर्देशकहरु मध्येबाट एक जनालाई कार्यकारी निर्देशकमा बढुवा गर्नु पर्ने छ। धितोपत्र बोर्डका अनुसार लोक सेवा आयोगबाट स्वीकृति आएपछि बढुवा प्रक्रिया सुरु हुने छ। कार्यसम्पादन मुल्यांकनको आधारमा आन्तरिक बढुवा हुने छ।

हाल बोर्डमा ८ जना उपकार्यकारी निर्देशक छन् । नेपाल धितोपत्र बोर्डले उप कार्यकारी निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवाको लागि प्रक्रिया अगाडी बढाउँदा एक जना मात्र उप कार्यकारी निर्देशक मात्र प्रतिस्पर्धाको लागि योग्य हुने बोर्डले जनाएको छ।

हाल कायम रहेका उप कार्यकारी निर्देशकहरु मध्ये  दीपा दाहाल बरिष्ठताको आधारमा सबैभन्दा अगाडि छिन्। उनी उप कार्यकारी निर्देशकमा बढुवा  भएको ५ वर्षभन्दा धेरै भईसकेको छ। हाल उप कार्यकारी निर्देशक पदमा ५ वर्ष भन्दा बढी काम गरेको उनी मात्र छिन् ।  सोहि कारण अब दाहालको बढुवा हुने निश्चित रहेको बोर्ड स्रोत बताउछ। बढुवा अगाडी बोर्डले उनलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिने सम्भावना छ ।

यस अघि बोर्डमा एक कार्यकारी निर्देशक पद रिक्त हुँदा पनि दाहाल बढुवाको लागि योग्य रहेकी थिइन्।  त्यस समय रुपेश केसी कार्यकारी निर्देशकमा बढुवा भएका थिए। अब भने दाहालको बढुवा पक्का जस्तै रहेको बताईएको छ।

यसपछि फेरि कार्यकारी निर्देशक पद रिक्त हुँदा भने हाल उपकार्यकारी निर्देशक रहेका निरन्जय घिमिरे, अम्बिका प्रसाद गिरी, नारायण प्रसाद शर्मा र दिपेश ताम्राकार बढुवाको लागि योग्य हुने छन् । यी ४ जना नै २०७९ साउनमा उप कार्यकारी निर्देशकमा बढुवा भएका थिए ।

बोर्डमा कार्यकारी निर्देशक विभागीय प्रमुखको रुपमा रहने गरेका छन् ।  त्यस्तै उप कार्यकारी निर्देशकहरु महाशाखा प्रमुखको रुपमा हुन्छन्। बोर्डका निर्देशकहरु शाखा प्रमुखको रुपमा  रहने ब्यबस्था छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

खातामा प्यान र ईमेल अपडेट गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

Nepal’s Banking Sector: Progress and Emerging challenges

Author: Deepak Luitel Past and Present of Banking sector From simple...

आगामी नीति तथा कार्यक्रममा समेट्न धितोपत्र बोर्डले माग्यो सुझाव

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र...

निजामति सेवा विधेयकमा कम्प्युटर अपरेटरको बढुवा सम्बन्धि व्यवस्था परिवर्तन नगर्न माग

संघीय निजामती सेवा विधेयक, २०८३ को मस्यौदामा देशभरका कम्प्युटर...

फेरि बढ्यो गाडी भाडा

सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ । मंगलबार...

बालकुमारीमा जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया पूरा

ललितपुरको बालकुमारीमा जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया...
spot_img