Tuesday, June 16, 2026
spot_img

बालकुमारीमा जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया पूरा

spot_img
spot_img

ललितपुरको बालकुमारीमा जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को स्वामित्वमा रहेको चार रोपनी जग्गा उपयोग गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृत दिएसँगै प्रक्रिया पूरा भएको हो ।

लामो समयदेखि अवरुद्ध रहेको उक्त सबस्टेशन निर्माणका गर्न ऊर्जा, जलस्रोत तथा मन्त्रालयले पहल गरेको थियो ।

काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई सुदृढ, भरपर्दो र दिगो बनाउन उक्त क्षेत्रमा उच्च क्षमताको जीआईएस सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाइएको थियो । तर, जग्गा प्राप्त नहुँदा चार वर्षभन्दा बढी समयदेखि परियोजना रोकिएको थियो ।

उक्त सबस्टेशन एसियाली विकास बैंक ९एडीबी०को ऋण लगानीमा दुई अर्ब रुपैयाँ लागतमा निर्माण हुनेछ । भक्तपुरको ठिमीबाट आउने भूमिगत विद्युत् प्रसारणलाइन बालकुमारीस्थित जीआईएस सबस्टेशनमा जोडिनेछ । तत्पश्चात् टेकु सबस्टेशनमा जोड्ने प्राधिकरणको तयारी छ ।

उक्त सबस्टेशनको निर्माण सम्पन्न भएपछि आगामी पाँच वर्षसम्मको विद्युत् माग पूरा गर्न सहज हुनेछ ।

केयूकेएलले बालकुमारीमा स्थापना गर्ने ढल प्रशोधन केन्द्रलाई आवश्यक पर्ने विद्युत् प्राधिकरणले निःशुल्क दिने र त्यसबापत प्राधिकरणले २५ वर्षसम्मका लागि तीन रोपनी १३ आना दुई पैसा जग्गा उपभोग गर्ने सहमति भएको छ ।

जग्गा प्राप्तिको प्रक्रिया पूरा भएसँगै सबस्टेशन निर्माणका लागि बोलपत्र आह्वान गरिनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज

सरकारले ५ हजार भन्दा बढी औषधि पसलको लाईसेन्स खारेज...

पूर्वाधार विकास मन्त्रालयमा अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयमा छलफल

नाडाले पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्सालसँग भेट गरेको...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं...

म्यानपावरलाई विभागको निर्देशनः देशभित्रका एयरपोर्टबाट मात्रै श्रमिकलाई विदेश पठाउनू

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई निर्देशन दिँदै श्रमिकलाई विदेश...

ERC मा पदाधिकारी नहुँदा हाइड्रोले AGM गर्न पाएनन्, पारित बोनस पनि भएन लिस्टिङ

विद्युत नियमन आयोग (ERC ) मा पदाधिकारी नहुँदाको असर...
spot_img